Aamsanchar

शिकारीले बन्दुक पडकाउदा, हात्ती बिथोलिएर गाउँमा

Author Image
आइतवार, जेठ ५, २०७६

बिर्तामोड । हात्ती आतंकले हल्दिवारी गाउँ पालिकामा कृषकले लगाएको लाखौंको अन्न बाली नस्ट हुन पुगेको छ ।

हल्दिवारीको जलथल क्षेत्रमा दैनिक जसो हात्तीले किसानले लगाएको मकै ,धान लगायतका बालिहरु रातको समय आएर खाइ दिदा किसानहरु मर्कामा पर्न गएका हुन ।

जलथल जङ्गलमा रातको समय शिकारी पसि बन्यजन्तु मार्न बन्दुक पडकाउन थालेपछि बिथोलिएका हात्ती किसानको बालिमा पसि नस्ट गर्ने गरेको स्थानीय बताउछ्न ।

जलथल क्षेत्रमा सिकारीको ठुलै जमात नै रहेको र उनिहरुले यहाँ रहेका बहुमुल्य बन्यजन्तु९ सालक ,हरिन, ब्राहसिगे ,मयुर,मृर्ग  सिकार गरि बिर्तामोड ,धरान जस्ता नगरमा लैजाने गरेको खुल्न आएको छ ।

यसैहप्ता मात्र ८ र ९ वटाको जमातमा आएका हात्तिले कुमारी पुरी ,गंगा बहादुर पुरी ,डम्बर बहादुर मेचे ,सावित्रा राई ,लक्ष्मीमाया ईङनाम ,योगेन्द्र आङखेवा ,तेज प्रसाद शर्मा दाहाल, याम नाथ आचार्य, दिल बहादुर वन,भुमिराज गिरि,जनक बहादुर न्यौपाने लगायतको १९३ मन मकै नस्ट गरेको जलथल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक एकराज फुयालले बताएका छ्न ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर