Aamsanchar

फेसियल गर्नु ठिक कि वेठिक ? जानकारी लिनुहोस् ।

Author Image
बुधवार, जेठ १५, २०७६

फेसियल गर्नु भनेको अनुहारको व्यायाम गर्नु हो । फेसियल गर्दा हाम्रो अनुहारको छाला ताजा र चम्किलो हुन्छ । फेसियले अनुहारको छाला तन्काउने काम गर्दछ ।

३०–३५ वर्ष उमेर पाछि मात्र फेसियल गर्नुपर्छ भन्ने हामे धारणा गलत हो । सबै उमेरका मानिसले फेसियल गर्न सक्छन् । तर उमेर अनुसार फेसियल गर्ने तरिका फरक हुन्छ ।

फेसियल अनुहारमा गरिने एक प्रकारको मसाज हो जसले अनुहारको ब्लड सर्कुलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्त कोषहरू पनि सक्रिय हुन्छन् । फेसियलले ब्लकेज भएर बसेका कोषलाई पनि खोल्ने काम गर्छ ।

तर फेसियल गर्दा विशेष केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । यदी गलत तरिकाले फेसियल भयो भने हाम्रो अनुहारको सौन्दय झन् बिग्रन्छ । फेसियल गर्दा यी कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

( सामान्य व्यक्तिलाई स्किन लाइनिङबारे खासै ज्ञान हुँदैन । कसैले भनेको या कतै देखेको भरमा फेसियल गर्दा झन् हाम्रो अनुहार बिग्रन सक्छ त्यसैले विज्ञबाटै फेसियल गराउँदा या विज्ञसँग ज्ञान लिएर फेसियल गर्दा छाला बिग्रिने सम्भावना रहँदैन ।

( मानिसको अनुहारको छाला कसैको चिल्लो, कडा, नरम र डन्डिफोर आएको हुन्छ । छालाको छालाको प्रकृतिअनुसार प्याक लगाउन आवश्यक हुन्छ ।

( अनुहारहो छालामा सिधैँ फेसप्याक लगाउँनु हुँदैन । क्लिन्जिङ गरेपछि अनुहारमा टोनिक र मोस्चराइजर प्रयोग गरेपछि फेसप्याक लगाउनुपर्ने हुुन्छ ।

( प्याक लगाउँदै गर्दा पनि केही ‘टेक्निक’ अपनाउनुपर्छ । खुला छालामा सकेसम्म सीधै प्याक लगाउनु राम्रो होइन । अनुहारमा क्लज (पातलो कटन) ओछ्याएर मात्रै फेसप्याक लगाउनु पर्छ । क्लजले प्याकको अनावश्यक तत्वलाई फिल्टर गरेर छालामा पु¥याउन सक्ने नकारात्मक असरबाट जोगाउँछ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर