Aamsanchar

बिर्तामोडमा मिस टिन झापा छनौट कार्यक्रमको तयारी

Author Image
बिहिवार, जेठ १६, २०७६

चारपाने, जेठ १६ ।

बिर्तामोडमा मिस टिन झापाको छनौट गर्ने तयारी सुरु भएको छ ।

झापाका विभिन्न क्षेत्रमा रहेका युवतीहरुलाई आफ्नो अन्तरनिहित क्षमता प्रस्र्पोटन गराएर एकै ठाउ“ सहभागी बनेका मध्येवाट उत्कृष्ट युवतीलाई यस बर्षको मिस टिन झापाको उपाधी दिन काठमाडौं स्थित मुख्य कार्यालय रहेको ग्रिस ईभेन्ट प्रा.लि.ले जमर्को गरेको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताईएको छ ।

विभिन्न १९ विधामा उपलब्धी मूलक शिपहरु सिकाएर एक अब्बल युवा बनाउने उदेश्यले आयोजना गर्न लागिएको भनिएको मिस झापाको अडिसन यही जेठ १८ गते बिर्तामोड स्थित टाईमलेस मुमेन्ट होटलमा हुने बताईएको छ ।

२७ दिन सम्म प्रशिक्षित गराएर असार २७ गते फाईनल गर्ने तयारीमा आयोजक टिम लागि परेको आयोजक अध्यक्ष कृतिका शिवाकोटीले बताईन ।

हाल झापामा यस्ता शुन्दरी प्रतियोगिताहरु विभिन्न टाईटलमा बाक्लै भई रहेको अवस्थामा ग्रिसले अरु संस्थाको भन्दा सरल अनि भव्यकार्यक्रम गरेर झापामा शुन्दरी प्रतियोगिता छनौट कार्यक्रमलाई मर्यादित बनाउने छ, प्रतियोगिता आयोजनालाई सहकार्य गरेको होटल टाईमलेस मुमेन्ट प्रा.लि का निर्देशक रोचक बस्नतेले जानकारी दिए ।

फारम शुल्क १५ सय र तालिम शुल्क ५ हजार बाहेका अरु कुनै पनी शुल्क नलिने दावी गर्दै अरु विभिद सामान किन्न आयोजकले सिफरिस र वितरण नगर्ने स्वंम प्रतियोगिले आफुले चाहेको ठाउ“बाट सामान खरिद गर्न सक्ने खुकुलो नियम पनि बनाईएको कार्यक्रम संयोजक अविशेक निरौलाले प्रतिवद्धता गरेका छन ।

कार्यक्रम सम्पन्न गर्न अनुमानित १४ लाख रुपैया खर्च हुने र उक्त रकम प्रायोजकहरु बाट प्राप्त गर्ने कार्यक्रम निर्देशक बिजय केसीले बताए । कार्यक्रम सम्पन्न भएपछी ग्रिस ईभेन्टको शाखा झापाको बिर्तामोडमा खोल्ने पनि बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर