Aamsanchar

आजको राशिफल / वि.सं. २०७६ ज्येष्ठ १८ गते शनिबार

Author Image
शनिवार, जेठ १८, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

राशिमा चन्द्रमा छ, हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीको ढाकछोप गरी अघि बढ्ने अवसर प्राप्त हुनेछ । लाभमूलक कामको आश्वासन पाइनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

बाह्रौं भावमा चन्द्रमा भएकोले आर्थिक सङ्कटको सम्भावना छ । अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना पनि छ । विवाद, मुद्दामामिला र प्रतिस्पर्धाबाट सामान्य फाइदा लिन सकिने छ । अनावश्यक खर्च र नोक्सानीलाई नियन्त्रण गर्न सकिने छ । भविष्यप्रति घोत्लिन मन लाग्नेछ । दीर्घकालिक फाइदाका लागि केही काम हुन सक्छन् । खर्चको मात्र बढे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी गर्ने परिस्थिति बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । आर्जन गरिएको रकम सदुपयोग गरिने छ वा सञ्चय हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिने छ । श्रमको समुचित मूल्याङ्कन हुनेछ । घरायसी सम्बन्ध सुदृढ बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन, हुन त भाग्यमा चन्द्रमा छ, तर प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नै पर्छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । तर नेतृत्व नै वहन गर्नुपर्दा अपजसको भागी भइने छ, सचेत हुनुहोला । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, तर भाग्यमा बसेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । मन ज्ञान र अध्यात्मतर्फ आकर्षित हुनेछ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

परिवारजनको आत्मीयतामा कमी आउने छ । आठौं चन्द्रमाको प्रभावले लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । अध्ययनमा समय दिन नसकिएला । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । फाइदाका लागि योजना गोप्य राख्नुहोला । सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । नयाँ ज्ञान सिक्ने अनुकूलता मिल्नेछ । परिवारका सदस्यहरूसँग आत्मीयभावमा बृद्धि हुनेछ । प्रेमसम्बन्ध सुदृढ बन्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

हाँकेका र ताकेका काममा चुनौती र प्रतिस्पर्धा गर्नु परे पनि सफल भइने छ । शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । कामको चाप बढ्ने छ, तर बेफाइदा हुँदैन । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्नो क्षेत्र र विषयवस्तुमा अरूले अधिकार जमाउन चेष्टा गरे पनि सफल हुने छैनन् । सरकारी र राज्यपक्षको काममा सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

एकाबिहानै सन्ततिको व्यवहारिक समस्याका क्षेत्रमा चिन्तित बन्न सक्नुहुन्छ, तर पनि बौद्धिक र प्राज्ञिक क्षेत्रमा समय प्रदान गरिने छ । दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । मानप्रतिष्ठा प्राप्तिका प्रयास हुनेछन् । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहालाई मान्नु आजका लागि उपयोगी हुनेछ । शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ, तर अवरोधको सम्भावना छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहाबमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

खराब दिन छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । परिवारजन तथा बन्धुबान्धवबीचको दूरी बढ्नेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीका कारण अपमानित हुनुपर्छ । नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर स्थायी सम्पत्ति बेचबिखनको प्रयास सफल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

रोजगारी र व्यापार/व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ, तर्क र विवादमा विजय प्राप्त हुनेछ । कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । तर ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट भने लाभ हुनेछ । फाइदा अलि कममात्र हुने समय छ । मान–सम्मानमा गिरावट आउने छ । बोली नबिक्ने सम्भावना भएकाले थोरै बोलेको जाति हुनेछ । सहयोगीहरूले आशा देखाए पनि काममा साथ दिने छैनन् । बन्दव्यापार र व्यवसायमा समय दिन नसक्नाले ठूलो फाइदा लिनबाट वञ्चित हुनुपर्छ ।-पूर्वेली न्यूजबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर