Aamsanchar

अष्ट्रेलियन भिसाको पोइन्ट सिस्टममा परिवर्तन, सिंगल व्यक्तिलाई अतिरिक्त १० पोइन्ट

Author Image
बिहिवार, जेठ २३, २०७६

मेलबर्न ।

अष्ट्रेलियन भिसाको पोइन्ट सिस्टममा परिवर्तन हुने भएको छ । आगामी नोभेम्बर महिना देखि पोइन्ट सिस्टममा परिवर्तन हुने भएको हो ।

नयाँ पोइन्ट सिस्टममा सिंगलहरुलाई प्राथमिकता दिइने बताइएको छ । नयाँ पोइन्ट सिस्टम लागु भएपछि सिंगल व्यक्तिले अतिरिक्त १० पोइन्ट पाउनेछन् ।

पार्टनर भिसामा आउनेहरु अधिकांश कम दक्ष रहने हुनाले सिंगल आउनेहरुलाई प्रोत्साहन गर्नको लागि यो सिस्टम ल्याउन लागिएको बताइएको छ । अधिकारिहरुका अनुसार, सिंगल आउनेहरुले पार्टनर भिसामा आउनेहरुको तुलनामा अष्ट्रेलियाको अर्थतन्त्रमा बढी योगदान गरेको पाइएकोले यो सिस्टम ल्याउन लागिएको हो ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर