Aamsanchar

आज तपाईको राशिफल योग

Author Image
बुधवार, जेठ २९, २०७६

हिन्दु सनातन संस्कार धर्म संकृति अनुसार भुत, वर्तमान भविश्यमा विस्वास राख्दछौं ।  आज तपाईको राशि अनुसार ज्योतिष सास्श्रले यस्तो बताउछ ।

मेष : 
चु, चे, चो, ला, लि, लु, ले, लो, अ० नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।

वृष :

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा हुनेछ ।

मिथुन :

का, कि, कु, घ, ङ, छ, के, को, हा० शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम विग्रिनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

कर्कट :

हि, हु, हे, हो, डा, डि, डु, डे, डो० अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे० रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । आर्थिक कारोवारमा सफलता पाइएला ।

कन्या :

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते० यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

वृश्चिक :

तो, ना, नि, नु, ने, नो, या, यि, यु० एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० भाग्यले विभिन्न अवसर जुराउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ ।

मकर :

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।

कुम्भ :

गु, गे, गो, सा, सि, सु, से, सो, दा० सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

मीन :

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर