Aamsanchar

सधै खुशी बन्ने सुत्र

Author Image
आइतवार, असार १, २०७६


जीवनकोलागि ‘खुशी’ एक महत्वपूर्ण तत्व हो । जसका कारण हामी शारिरिक तथा मानसिक तन्दुरुस्त रहन्छौं ।
खुशी भएर जीवन यापन गर्न कस्लाई रहर हुदैन होला र तर रहर भएर पनि तरिका नजानेर धेरै मान्छे दु:खी बन्ने गरेका हुन्छन । खुशी हुनकालागि ठुला ठुला महल, धन दौलत भएर पात्र हुदैन जव सम्म मानिसमा यि कुरालाई अवलम्बन गर्ने चेस्टा गर्दैन तव सम्म मानिस दुखी नै रहन्छ । धेरै मानिसहरु आफू दु:ख पाएको भन्दै भगवानलाई दोष दिने गर्छन, तर सुख पाउन गर्नुपर्ने सामान्य मान्यतालाई पालना गर्न जानेको हुदैन र उ आफूलाई सधै दुःखी ठान्दछ । तर तल उल्लेखित मार्गलाई आत्मसाथ गर्ने हो भने मानिस सधै खुशी रहन सक्ने अनुसन्धानले पुष्टी गरेको छ ।

१, खुशी हुनको लागि आशावादी रहने, सकारात्मक दृष्टिकोण तथा आधारभूत आवश्यकता पुरा गर्नाले हामी खुशीको जीवन बिताउँन सक्छौं ।
२, हाम्रो स–साना कुराहरु परिपक्व वा अनुभूती हिसाबले ग्रहन गर्नाका साथै हामी जे काम गर्दा पनि रमाएर गर्न सिकौं ।  
३, आफैमा यस्तो गुणको बिकास गरौं जसले कि सधैं खुसी दिलाउन सकोस् ।
४, मुस्कुराउन सिकौं, हामी दुःखी होउ वा खुशी तर हरेक समय जस्तो परिस्थितीसँग लडेर पनि मुस्कुराउन भने कहिल्यै नछोडौं ।
५, खुशी हुनको मुख्य गुण भनेको आफ्नो शत्रुलाई क्षमा गर्न सिकौं ।
६, अरुप्रति कृतज्ञ रहन तथा असल साथीहरु बनाउँनका साथै स्वस्थ र तन्दुरुस्ती हुन सिकौं ।
७, राम्रो गित बजाउँदै आफुलाई मनोरञ्जन दिन सिकौं ।
८, जव हामी आफ्नो मनभित्रको विकार कुराहरुलाई हटाएर सकारात्मक सोच बनाउँछौ, तब खुशी हामी भित्रै लुकेको हुन्छ ।
९, बाल्यकालका रमाइलो पलहरु फेरि सम्झन कोसिस गर्नुहास् ।
१०, साथीहरुसँग बिताएका रमाइलो पलहरुलाई याद गर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 414

प्रतिक्रिया (०)

सम्बन्धित खबर