Aamsanchar

सामाजिक सञ्जालको दुरुपयोगले बढायो आत्महत्या, दैनिक १५ को मृत्यु

Author Image
मङ्गलवार, असार ३, २०७६

विश्वमा एक पछि अर्को प्रविधिको विकास भईरहेको छ । नेपालमा पनि प्रविधिको प्रयोग हुने गति देीन बढदै गएको छ । प्रविधिका कारण धेरै फाईदा र वेफाईदा पनि नेपालीेले भोग्नु पर्ने अवस्था छ प्रविधिकै कुरा गर्दा जसको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ । अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ ।
नेपाल प्रहरीको रिपोर्ट लेख्छ, ‘समाजमा हुने बिभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, यसमा नयाँ प्रविधि पनि कारकका रुपमा देखिएको छ ।

मुलुकमा सडक दुर्घटनापछि सबैभन्दा धेरै व्यक्ति आत्महत्याका कारण मृत्युको मुखमा पुगेका छन् । एक बर्षमा नेपालमा ५ हजार २ सय ८० जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीका प्रवक्ता बिश्वराज पोखरेल बताउँछन् ।

नयाँ प्रविधिका रुपमा रहेको सामाजिक सञ्जालको प्रयोग आउनुअघि हुने गरेको आत्महत्यामा पारिवारिक यातना मुख्य कारणका रुपमा थियो भने अहिले त्यस प्रकारका प्रविधिको दुरुपयोग मुख्य बनेको डिआईजी पोखरेल बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा दीपक रिजालले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर