Aamsanchar

देशभर मनसुन सक्रिय हुने, पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना

Author Image
शनिवार, असार १४, २०७६

झापा । गत बर्ष बेलैमा सुरुभएको मन सुन यस बर्ष ढिलो हुने देखिएको छ । असारको मध्ये समयमा मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिन पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरो जानसक्ने भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेको छ ।
आइतबार देशैभर सामान्य बदली भई पूर्व र मध्यका केही स्थानका साथै पश्चिमका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ ।
सोमबार देशभर सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर