Aamsanchar

छापामा आज : सहिदको नाममा ल्याएको भैसी, मन्त्रीको गोठमा

Author Image
आइतवार, असार १५, २०७६

समाचार अनुसार सहिद परिवारका लागि भन्दै भैंसी किनेर प्रदेश २ सरकारले पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । नेतालाई भैंसी दिन कार्यविधि नै परिवर्तन गरिएको छ । सिरहामा सरकारले बाँडेको भैंसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन् ।

नयाँ पत्रिकाले खबरको अगाडि लेखेको छ– पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिदको परिवारका नाममा आएको भैंसी पाएका छन् । उनीहरुलाई प्रदेश २ का भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैंसी हस्तान्तरण गरेका थिए । मनोमानी ढंगले भैंसी वितरण भएपछि लक्षित सहिद परिवार यसबाट वञ्चित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर