Aamsanchar

कृषकबाट नेता भएका आज फेरी कृषकबने

Author Image
आइतवार, असार १५, २०७६

लीलाराज झापाली

सुरुङ्गा , असार १५ गते ।

झापाको कनकाई नगरपालिका र झापा गाउँपालिकाका कृषकहरुले २ सय विगाह जमिनमा सामुहिक खेती सुरु गरेका छन ।
सो क्षेत्रको प्रगतिपथ कृषि सहकारी संस्थाले स्थानीय एक सय जना कृषकको जमिन भाडामा लिएर एकिकृत रुपमा धान खेती थालेको हो । राष्ट्रिय धान दिवश असार १५ को अवशर पारेर सो एकिकृत व्यावसायिक खेती परियोजनामा संघिय सांसद एलपिसाँबा लिम्बु लगायातका अतिथिहरुले सामुहिक रोपाई गर्दै रोपाईको सुरुवात गर्नुभएको छ ।

कृषक समुहले अघिल्लो बर्ष कृषकको ८० विगाह जमिनमा सामुहिक मकै रोपेर हाल भण्डारण गरिसकिएकोमा यसवर्षमात्रै प्रति विगाह ३० मन धान दिने सर्तमा कृषकको जमिन भाडामा लिएर धान खेती लगाइन लागिएको कृषि सहकारी संस्थाका सदस्य तथा खेती परियोजना समितिका उपाध्यक्ष गोकर्णप्रसाद ओझाले बताउनुभयो । आइतवारबाट परम्परागत बेठी बाजासहित सुरु गरिएको रोपाई कार्यक्रममा संघिय सांसद साँबा सहित प्रदेशसभा सदस्यद्धय हिराकुमार थापा , झलकसिंह दर्लामी शन्देश , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मन्जु प्रसाई , अन्य जनप्रतिनिधि लगायात गाउँलेहरुको वाक्लो उपस्थिति रहेको थियो ।

राष्ट्रिय धान दिवशको अवशरमा आयोजित धान रोप्ने कार्यक्रममा परम्परागत पंचेबाजा बजाएर असारे गितमा नाचगान गर्नका साथै कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले खेत जोत्ने र संघिय सांसद , प्रदेश सांसद र स्थानीय दलका प्रमुहरुले बाउसे गर्ने रोप्ने काम गर्नुभएको थियो । कार्यक्रममा बोल्दै संघिय सांसद साँबाले कृषकले उत्पादन गरेको अन्न र तरकारीको बजार व्यावस्थापनको अवको जिम्मा सरकारले लिने बताउनुभयो । हाल नेपालमा विदेशबाट आयात हुने अन्न र तरकारीको आंकडा डरलाग्दो रुपमा रहेको भन्दै अवका दिनमा कृषि प्रधान देशमा कम्तीमा कृषि उपजमा आत्मनिर्भर भइछाड्ने बताउनुभयो ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले यस वर्ष कनकाई नगरपालिकाले कृषि बजेट अघिल्लो बर्षको भन्दा दोब्बर बनाइएको र नगरमा आर्गनिक खेतीलाई प्रोत्साहन गरिने बताउनुभयो । झापा गाउँपालिका ६ र कनकाई नगरपालिका ५ नम्बरका कृषक मिलि सुरु गरिएको एकिकृत खेतीका लागि प्रदेश सरकार , नगरपालिका र गाउँ पालिकाको आर्थिक सहयोग तथा कृषक समुहको समेत लगानीमा करिव एक करोड रुपैँयाको लागतमा एक विगाह जमिनमा मकै तथा धान भण्डारण घरको समेत निर्माण गरिएको समुहका अध्यक्ष नेत्रप्रसाद चिमरियाले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर