Aamsanchar

नौअङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क दिने त्रिविका पदाधिकारी

Author Image
बुधवार, असार १८, २०७६

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो । छलफलमा त्रिविका पदाधिकारीहरूले पद्धति खराब नभई व्यक्ति खराब हुँदा त्यस्तो घटना भएको तर्क गर्दै आफ्ना कर्मचारीको बद्मासीले गर्दा कमजोरी भएको स्वीकार गरे ।

त्रिविका उपकुलपति प्रा।डा। तीर्थराज खनियाँले नियतले त्यस्तो नभएको बताउँदै भने, “व्यक्तिका कारण छवि खराब हुनपुग्यो । आइन्दा यी कुरामा सजग हुनेछौँ । ” त्रिविका विद्यार्थी सुरेन्द्र कोइरालाले समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास र राजनीतिकशास्त्र विषयमा स्नातकोत्तर पूरा गरेका छन् । उनले राजनीतिकशास्त्र बाहेकका विषयमा ६० अङ्कसम्म थप्न लगाएको पाइएको छ ।

मार्क्स्लिपमा नौ अङ्क रहेको तर ट्रान्सक्रिप्टमा ६९ अङ्क देखिएपछि त्रिविले नै आन्तरिक छानविन सुरु गरेको थियो । छानविनपछि बद्मासी भएको प्रतिवेदन बुझाइएपछि यो घटना सार्वजनिक भएको थियो । यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अख्तियारले ‘इन्ट्री गरिएका मार्क्स्लिप’ लिएर गएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर