Aamsanchar

अझै तिन देखि चार दिन राम्रो बर्षा नहुने

Author Image
बिहिवार, असार १९, २०७६

काठमाडौं ।

असारको मध्ये समय पनि वितिसकेको छ तर बर्ष हुन सकेको छैन । जल तथा मौसम विभागले नेपालमा मनसुन प्रवेशको घोषणा भएको पनि १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिने घोषणा गरेको थियो ।

मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ, व्वयाडमा धानको वियु सुक्न थालेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीन÷चार दिन लाग्ने फेरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापीय रेखा मध्य भारतमै रहेकाले मनसुन कमजोर भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । उक्त प्रणाली बिस्तारै नेपालसम्म आई पुग्न तीन–चार दिन लाग्नेछ, मौसमविद् प्रधानाङ्ग भन्छन ।

अहिले मनसुन कमजोर अवस्थामा रहेकाले हल्का र क्षणिक वर्षा मात्र भएको बताइएको छ । तत्काल भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै शुक्रबार देशभर सामान्य बदली रही देशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन प्रवेश गर्ने समय जुन १० हो । यस वर्ष १२ दिन ढिलो गरी मनसुन भित्रिए पनि अझै सक्रिय बन्न सकेको छैन ।

नेपालमा साधारणतयाः जुन १० देखि सेप्टेम्बर २३ सम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर