Aamsanchar

छवी ओझालाई चौंथो श्रीमती पनि नफाब्ने संकेत

Author Image
बिहिवार, असार २६, २०७६

झापा : नेपाली सिने जगतका एक परिचित व्यक्ती पटक पटक पारिवारीक झमेलाका कारण चर्चामा आउने गरेका छन । ति व्यक्ति हुन  फिल्म निर्माता छविराज ओझा, उनी फेरी चर्चामा आएका छन । चर्चामा आउनुको कारण  भने उनी विरुद्ध उनकी पत्नी शिल्पा पोखरेलले महानगरीय प्रहरी परिसर टेकुमा घरेलु हिंसामा उजुरी दिएकी छन् ।

शिल्पाले आइतबार काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसामा उजुरी दिएकी हुन् । छलफलका लागि उनीहरूलाई बुधबार दिउँसो प्रहरी परिसर बोलाएको थियो । शिल्पा छविकी चौथो श्रीमती हुन् । अभिनेतृ रेखा थापासँग सम्बन्ध बिच्छेद गरेपछि छविले शिल्पासँग विवाह गरेका थिए । तर विवाह गरे पनि लामो समयसम्म सम्बन्धलाई गोप्य राख्दै आएका थिए ।
यस अघि ओझाले ३ जनासँग विवाह गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर