Aamsanchar

बिर्तामोड शिद्धार्थ वैंकका कर्मचारी शंकास्पद अवस्थामा मृत फेला

Author Image
शनिवार, असार २८, २०७६

झापाको कनकाई सामुदायिक वन क्षेत्र भित्र शंकास्पद अवस्थामा एक व्यक्तिको शब फेला परेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाका अनुसार कनकाई नगरपालिका – ७ स्थायी घर भई हाल बिर्तामोड बस्तै आएका २९ वर्षीय डिल्ली गौतमको आज सामुदायिक वन क्षेत्र भित्र शंकास्पद अवस्थामा शव फेला परेको हो ।

उनी गत असार १७ गतेदेखि हराएका थिए । शिदार्थ वैक लिमिटेड बिर्तामोडमा कार्यरत उनी हाएको खवर पाउनासाथ प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । गौतमको शव शंकास्पद अवस्थामा फेला परेपछि पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर