Aamsanchar

प्रदेश १ मा बाढीका कारण कृषि तथा पशुपन्छी तर्फ साढे ८१ करोडको क्षति

Author Image
सोमवार, असार ३०, २०७६

देश भरिनै भएको अविरल वर्षले कयौ क्षती पुर्याएको छ भने वर्षाका कारण प्रदेश १ मात्र कृषि तथा पशुपन्छीतर्फ साढे ८१ करोड रुपैयाँको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पशुपन्छी तर्फ २५ लाख ८० हजार र बालीतर्फ ८१ करोड २८ लाख ९२ हजार रुपैयाँको क्षति भएको हो ।

‘मकै, तरकारी,चैते धान, वर्षे धान र अलैंची गरी करिब ८१ करोड २८ लाख ९२ हजार र कुखुराका चल्ला, कुखुरा, गाई,बंगुर गरेर २५ लाख ८० हजार क्षति भएको छ,’ मन्त्रालयले तयार पारेको विवरणमा भनिएको छ । मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ मा २४ हजार ४६ घरधुरी प्रभावित भए ।

वर्षाले सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । प्रदेश २, ३ र ५ को विवरण संकलन भइ नसकेको मन्त्रात्रलयले जनाएको छ । प्रदेश ४ मा वर्षातका कारण क्षति भएको विवरण प्राप्त नभएको तर अन्य हावाहुरी र असिनाका कारण क्षति भएको विवरणमा उल्लेख छ । विवरण अनुसार प्रदेश ६ र ७ मा भने वर्षाले कृषि र पशुपन्छीतर्फ क्षति भएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)