Aamsanchar

व्रेन हेमरेजका कारण प्रधानाध्यापक चौधरीको मृत्यु

Author Image
मङ्गलवार, असार ३१, २०७६

बिर्तामोड ।

वाह्रदशी– ३ राजगढमा रहेको पशुपति माविका प्रधानाध्यापक विद्यासागर चौधरीको निधन भएको छ ।

व्रेन हेमरेजका कारण प्रधानाध्यापक चौधरीको ५८ वर्षको उमेर निधन भएको हो । विद्यालयमा भएको अनियमितताको विषयमा अख्तियारमा उजुरी परेपछि उनी गत विहीवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी वयानका लागि पुगेको र वयानपछि अचानक टाउको दुखेर वेहोस भएका प्रधानाध्यापक चौधरीको न्यूरो अस्पताल विराटनगरमा उपचार गरिएपनि उपचारकै क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

गत वर्ष विद्यालयको विषयमा अख्तियारमा उजुरी परेको बताइएको छ । उजुरी परेसंगै प्रधानाध्यापक चौधरी अख्तियारको कार्यालय धाउँदै आएका थिए ।

लामो समयदेखि पशुपति मावि राजगढमा रहेर शिक्षण पेशामा सम्लग्न उनी पाँच वर्ष अघि सोही विद्यालयमा प्रधानाध्यापकको रुपमा नियुक्त भएका थिए ।

सप्तरी निवासी प्रधानाध्यापक चौधरीकी श्रीमती राजकुमारी चौधरी सहित एक छोरा संजीव र चार छोरी रहेका छन् । उनका छोरीहरुमा ललिता, अनिता, सुनिता र संगीता चौधरी रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर