Aamsanchar

स्कूल बसमा लागूऔषध ओसार पसार

Author Image
शुक्रवार, साउन १०, २०७६

सांकेतिक तस्वीर

कपिलवस्तु । स्कूल बसमा लुकाइरहेको अवस्थामा लागू औषध र नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नम्बरको पिस ग्लोबल इङ्लिश बोर्डिङ स्कूलको बसलाई मायादेवी गाउँपालिका–४ चाकरचौडास्थित पिपरामा जाँच गर्ने क्रममा लागूऔषध र नक्कली नोट फेला पारेको हो ।

१० थान खैरो रंगको हिरोईन जस्तो देखिने लागूऔषध र नक्कली नोट जस्तो देखिने नम्बर एउटै भएको नेपाली ५ सय दरका नोट ८८ थान ९४४ हजार रुपैँया० बसको टुलबक्समा लुकाइरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रहरीले बरकुल बस्ने बस चालक २६ वर्षीय देउकीनन्दन कसौधनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता, धनुषाको शहीदनगर नगरपालिकाद्द३ यदुकुवाबाट शंकित अवस्थामा हिँडिरहेका गोठकुवा बस्ने २१ वर्षीय गोविन्द यादवलाई ३ लाख ३९ हजार ५ सय रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित पारस मनिट्रान्सफरको सटरको ताल्चा फुटाई टेबलको घर्रामा रहेको उल्लेखित नगद रकम चोरी भएकोमा उक्त चोरीमा गोबिन्द संलग्न रहेको बुझिएको छ ।

साथै अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय रामु यादव समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर