Aamsanchar

आज रोपाइँजात्रा

Author Image
शनिवार, साउन ३२, २०७६

अनेकौ विविधाले भरिएको हाम्रो कृषिप्रधान हाम्रो देशमा हरेक वर्ष मनसुनको व्यापक महत्व रहने गर्दछ। कतै पर्याप्त पानी पर्यो र कतै पानी नपरेर रोपाइँका चुनौतीहरु बढे, कतैका किसान दाजुभाई दिदिबहिनी खुशी भए भने कतैका किसान दाजुभाई दिदिबहिनीलाई रोपाइँ सोचेजस्तो रुपमा नहुदा पिर, चिन्ता र मानसिक तनाव बढ्यो। तर, कतै ढिलो कतै चाडो, कतै सजिलै त कतै थुप्रै कठिनाईहरु सामना गर्दै यो वर्ष साउन १८ गते सम्ममा देशभर ८६ प्रतिशत धान रोपाइँ सकिएको तथ्याङ्क पाइएको छ। यो अङ्क अझ बढेको हुनुपर्ने अनुमान गरौ। हाम्रो कृषिप्रधान देशको किसानहरुको सबै भन्दा ठुलो चाड रोपाइँ सकिएको उपलक्ष्यमा आजको दिन खुशीयाली स्वरुप देशका विभिन्न स्थानमा रोपाइँ जात्रा मनाइन्छ।

विशेषगरि नेवास् समुदायले मनाउन शुरु गरेको रोपाइँजात्रा देशैभर सबैको उत्सव बनेको हो। नेपालभाषामा रोपाइँ जात्रालाई सिनाज्या जात्रा भनिन्छ। देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाइने पाइएको छ। कर्णाली अञ्चलमा भने यस जात्रालाई चोपाइ भनिन्छ। त्यहाँको स्थानीय भाषामा चोपाइ भनेको चोप्नुू हो। आजको दिन सबै टोलका मानिसहरुले आआफ्नो गाउँठाउँमा विभिन्न बाजाहरु बजाउदै धान रोपे जस्तै गरेर नृत्य गर्ने गरेका छन्। खेतालाहरू जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरु गाउदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाईलो गर्ने गर्दछन्। आजको दिन धान खेतको असली मालिकलाई खेत भित्र हिलोमा डुबाउनुपर्छ भन्ने मान्यता पनि धेरै ठाउँमा रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर