Aamsanchar

विश्वका मानिसलाई आर्कशित पार्ने पशुपतिनाथ

Author Image
शुक्रवार, भदौ ६, २०७६


सनातन धर्म हिन्दु सभ्यतामा ‘मन्दिर’ शब्दले ठूलै महत्व राख्दछ । मन्दिर भनेपछि देवताको मूर्ती भएको भवन मात्र होइन, यो त भक्तजनहरूको साधना गर्ने ठाउँ हो, उनीहरूको मनलाई शान्ति मिल्ने ठाउँ हो । मन्दिरलाई वैज्ञानिक हिसाबले पनि महत्वका साथ हेरिन्छ ।

मन्दिर जाँदा धेरै कुरामा फाइदा हुन्छ भनेर विज्ञानले समेत प्रमाणित गरिसकेको छ । संस्कृतम्यागेजिनमा प्रकाशित यस सूचीमा अधिकांश मन्दिरहरू भारतमा अवस्थित छन् भने नेपालबाट पशुपतिनाथलाई यो सुचिमा राखिएको छ । पशुपतिनाथ मन्दिर, काठमाडौँ नेपाल नेपालको राजधानी काठमाडौँ जिल्लामा अवस्थित ‘पशुपतिनाथ’ मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थल’ ९ शिवको पवित्र स्थान मध्ये एकमा पर्दछ ।

यहाँ मूख्य गरी शिव भगवानको पूजा हुने गर्दछ, त्यसैले गर्दा नै पशुपतिनाथलाई शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन् । नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर २४० हेक्टर ९४,७९२ रोपनी को जग्गामा फैलिएको छ । साथै पशुपतिनाथको मन्दिरलाई सन् १९७९ मा यूनेस्कोले सांस्कृतिक सम्पदा अन्तर्गत ‘यूनेस्को विश्व सम्पदा सूचीमा’ सूचीकृत गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर