Aamsanchar

बेलीब्रिज बनाउन भारतले मानेन

Author Image
शुक्रवार, भदौ ६, २०७६


बिराटनगर । वीरगञ्जपछिको दोस्रो ठूलो नाका बिराटनगर भन्सारनजिकै भारतीय क्षेत्रको पुल जीर्ण हुँदा नेपालका उद्योगी व्यवसायीहरु चिन्तित बनेका छन् । बिराटनगर भन्सार कार्यालयदेखि करिब ८ किलोमिटर दक्षिणतर्फको मिरगञ्ज पुल जीर्ण भएपछि नेपाल–भारत आवत–जावत गर्ने ठूला मालवाहक सवारी साधनको आवागमनमा कठिनाइ उत्पन्न भइरहेको छ ।

तीन वर्षअघिको बाढीले मिरगञ्ज पुलमा क्षति पुर्‍याएको थियो । ०७४ सालको बाढीबाट क्षति पुगेको पुलमा भारतले ४० टनभन्दा बढी सामाग्री बोक्न प्रतिबन्ध लगाएको छ ।
भारतले आफ्ना निकायलाई आदेश नै जारी गरेर पुलमा ४० टन भन्दा बढी भार भएका सवारी साधनहरुको प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ ।

अगष्ट पहिलो साताको भारतीय परिपत्रले ठूला मालवाहक सवारी साधन वीरपुर हुँदै नेपाल पठाउन भनिएको छ । आन्तरिक सर्कुलरमा मिरगञ्ज पुलमा ४० टन भन्दामाथिका सवारीलाई प्रवेश गर्न नदिन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर