Aamsanchar

नैतिकवान समाज निर्माणमा आध्यात्म शिक्षाको आवश्यकता शीर्षकमा वकृत्वकला

Author Image
शुक्रवार, भदौ ६, २०७६

चारपाने, भदौ ६ ।  कृष्ण प्रणामी मन्दिर विर्तामोड २ चारपानेमा श्रीकृष्ण जन्माष्टीको शुभ अवसरमा श्रीकृष्ण प्रणामी युवा परिसद प्रारम्भिक समिती विर्तामोडको आयोजनामा विर्तामोड नगरस्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय नैतिकवान समाज निर्माणमा आध्यात्म शिक्षाको आवश्यकता शीर्षक मा वकृत्वकला प्रतियोगिता सम्पन भएको छ ।

नगर भित्रका १० विद्यालयका २० जना विद्यार्थी सहभागी भएका थिए । श्रीकृष्ण प्रणामी युवा परिषद् विर्तामोडका अध्यक्ष श्री युवराज कट्टेलको अध्यक्षता भएको कार्यक्रममा श्री राधाकृष्ण मन्दिर धरानका गादिपती एवम श्रीकृष्ण प्रणामी मन्दिर चारपानेको स्वर्ण महोत्सव मुल आयोजक समिती अध्यक्ष श्री जगत नन्दन महाराज जी, विशिष्ट अतिथिमा श्रीकृष्ण प्रणामी युवा परिषद् केन्द्रिय सदस्य कमल कोइराला ,श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रिय सदस्य श्री चन्द्र बहादुर डाँगी, युवा परिषद् प्रदेश १ का अध्यक्ष अनिल ढुङ्गाना ,युवा परिषद जिल्ला अध्यक्ष श्री सुवाष रिजाल लगायतको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा साङ्गवेद संस्कृत माविका पिताम्बर पौडल प्रथम ,कन्चनजङ्गा अग्रेजी मावीका सबल खडका र वर्षा बजगाई क्रमशः दोश्रो र तेश्रो भएका थिए भने महेन्द्र ज्योति मावि की अंशु भट्टराई सान्त्वना भएकी थिईन । प्रथम ,द्वितीय ,तृतीय र सान्त्वनालाई क्रमशः नगद ३ हजार, २ हजार, १ हजार र ५ सय सहित  प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रवेश शिवाकोटीले स्वागत गरेका थिए भने संस्थाका सचिव चन्द्रादास खरेलले सन्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर