Aamsanchar

घरहरुको घेराबन्दीमा बौधनाथ ( फोटो फिचर )

Author Image
मङ्गलवार, भदौ १०, २०७६

काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप बौद्धनाथ । यो स्तूप नेपालको सबैभन्दा ठूलो गोलाकार भएको स्तूप हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ। विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय साथ सम्बन्धित भएकोले यसको बारे ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेख रचना र ग्रन्थहरूमा व्याख्या गरिएको पाईन्छ।

बौद्धनाथ दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दी तिर बनेको थियो। यद्यपि यसको निर्माण सम्बन्धि धेरै रोचक कथाहरू रहेको छ। सन् १९५९ मा तिब्बत माथि चीनको आक्रमण भएको वेला हजारौ संख्यामा आएका तिब्बती शरणार्थीहरू नेपाल आए पश्चात बौद्धनाथ स्तूप तिब्बती बुद्ध धर्मको महत्वपूर्ण केन्द्र बन्न सुरुभएको थियो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर