Aamsanchar

संजय र मनिषाको दशबर्ष पछि भेट

Author Image
बिहिवार, भदौ १२, २०७६

बलिउडमा नायक संजय दत्त र नायिका मनिषा कोइरालाले फेरी एकसाथ काम गर्ने भएका छन् । सन् १९९० ताका निकै रुचाइएको यो जोडी दशकपछि चलचित्रको पर्दामा भेट हुने भएको हो । उनीहरुले चलचित्र ‘प्रस्थानाम’मा सँगै काम गर्न लागेका छन ।

देव कट्टाको निर्देशनमा बन्ने यो चलचित्र सन् २०१० मा रिलिज भएको हिट तेलुगु चलचित्र ‘नेमसेक’को रिमेक चलचित्र हो । चलचित्रमा अलि फजल र सत्यजीत डुबेयको पनि मुख्य भूमिका रहने छ । उनीहरुले भने चलचित्रमा संजय दत्त र मनिषाको सन्तानको भूमिका निर्वाह गर्नेछन् ।

चलचित्रको लेखक फराहद संजीले चलचित्रमा केही फेरवदल हुने बताएका छन् । उनले भनेका छन्–‘तेलुगु चलचित्रमा जस्तो थियो ठिक त्यही यस चलचित्रमा हुने छैन । कथा एउटै भएपनि स्क्रिप्टमा हामीले केही फेरवदल गरेका छौ ।’
चलचित्रको मुख्य आकर्षण भनेको नै संजय र मनिषा बनेका छन् । उनीहरुले एक दशक पहिला चलचित्र ‘मेहबूबा’मा सँगै काम गरेका थिए । त्यसपछि उनीहरुले एकसाथ काम गर्ने अवसर पाएका थिएनन् । चलचित्रलाई लिएर संजय र मनिषा दुबै उत्साहित छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर