Aamsanchar

यसबर्षको गुंला पर्व समानपन ( यस्तो छ धार्मिक, साँस्कृतिक महिमा )

Author Image
शनिवार, भदौ १४, २०७६

वर्षाको मादकता यस बर्ष आफ्नो चरमोत्कर्षमा रह्यो । बादलहरु कहिले पागल भएर बर्षिय त कतै कन्जुस भएर । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुंला पर्व आज समाप्ति भएको छ।

नेपालस् सबंतको यो एक्घारौ महिना हो अनि यस गुंला महिनामा पर्ने गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौ उपत्यका लगायत अन्य केही नेवा समुदायको बाहुल्यता भएका ठाँउमा भव्यताका साथ मनाइयो। नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढि आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ, भगवान बुद्ध अनि वहाँका अनुयायीहरु दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा वर्खाका समयमा यात्रा नगरि एकै ठाँउमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ। विशेषगरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ, र यो वर्ष पनि यो कार्य भक्तालुहरुले नियमित रुपमा गरिरहे।

आज काठमाडौं उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला संगितको श्रवण गरेर सुरु भएको यस पर्वले बिभिन्न गुम्बा, मन्दिर अनि आत्मिकस्थलमा भक्तजनको आवागमन निक्कै वृद्धि गरायो। । बहीद्यः स्वःवनेगु नेवाः सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि संगित अनि पछि पछि भक्तजनहरु हुन्छन् । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ,कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाँउने चलन यस महिना कायमै रह्यो। काठमाडौ र ललितपुरमा पन्जारा अर्थात बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने र बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।

दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरुको यस दिनमा विशेष पुजा गरिन्छ, हुन त गुंला एकदिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका बिभिन्न तिथीमा बिभिन्न प्रकारले मनाइयो । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरुमा आआफ्ना दिनचर्याका खाकाँ गज्जबले कोरौं, सबैलाई शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर