Aamsanchar

छमछमी प्रतियोगी दिलमाया लिम्बू (मनिषा) उत्कृष्ट ९ मा, अब भोटको खाचो

Author Image
बुधवार, भदौ १८, २०७६

झापा । नेपाल टेलिभिजनबाट प्रसारित रियो छमछमी ४ की प्रतियोगी दिलमाया लिम्बू (मनिषा) उत्कृष्ट ९ मा पर्न सफल भएकी छिन्। बुद्धशान्ति गाउँपालिका बर्ने स्थायी घर भइ बिर्तामोड नगरपालिकामा बसोबास गर्दै आएकी दिलमाया प्रदेश नं. १ बाट अहिले एक्ली प्रतिस्पर्धी हुन् ।

प्रदेशका सम्पुर्ण नृत्य केन्द्र, नृत्य कलाकार तथा नृत्य प्रेमी महानुभावहरुलाई दिलमायालाई भोट गर्न CC <space> टाइप गरी 31009 मा म्यासेज पठाइ भोट गर्नु हुन दिलमायाले आग्रह गरेकी छिन । भोटिङ लाइन भोलि दिउँसो १२ बजेसम्म मात्र खुला रहने बताइएको छ ।

दिलमायालाई छमछमी ४ को बिजेता बनाउन  झापाका अग्रज नृत्य निर्देशकहरुले दिलमाया जिताउ अभियान सुरु गरेका छन् । दिलमाया बिर्तामोडमा सोरठी कला केन्द्र पनि सञ्चालन गर्दै आइरहेकी छिन्। झापा जिल्ला नृत्य कलाकार संघको साधारण सदस्य तथा बिर्तामोड नृत्य कलाकार संघकी कोषाध्यक्ष समेत रहेकी दिलमाया सानै उमेरबाट नृत्यमा अब्बल छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर