Aamsanchar

हल्दिवारीमा वक्तृत्वकला प्रतियोगिता तथा असल बुहारी सम्मान कार्यक्रम

Author Image
बिहिवार, भदौ १९, २०७६

हल्दिवारी । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा मावी स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा असल बुहारी सम्मान कार्यक्रम नेरेसो उपशाखा हल्दिवारीको आयोजनामा सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिले भोलिको देस निर्माण कर्ता आजका युवाहरु भएकोले सामाजिक कार्यमा अगाडि बड्न ,सकारात्मक सोचको बिकास गर्न अनुरोध गर्दै रेडक्रसको माध्यम बाट असल बुहारी बाट सम्मानित हुने हरुबाट सबैले सम्बन्धको बारेमा जान्न जरुरी भएको बताउनु भएको छ ।

उपाध्यक्ष गिरिले रेडक्रस लाई गाउँ पालिकाले सक्दो सहयोग गर्ने बताउदै रेडक्रसको माध्यम बाट सामाजिक गतिविधि अगाडि बडाउन समेत रेडक्रसलाई अनुरोध गर्नु भएको छ ।

मावी स्तरीय वक्तृवकला प्रतियोगितामा ह्ल्दिवारी गाउँ पालिकामा रहेका १० विद्यालयका छात्रा र छात्रले भाग लिएका थिए । जुनियर तथा युवा विपतमा पुर्याउछ्न सेवा भन्ने बिषयमा भएको वक्तृवकला प्रतियोगितामा छात्रा तर्फ सिग्मा अङ्ग्रेजी स्कुल कि स्मृति ओलि प्रथम ,क्यानरी एकडमी कि वादा गौतम दितिय तथा सिग्मा अङ्ग्रेजी स्कुल कि नेहा आचार्य तृतीय भएका थिए ।

त्यस्तै छात्र तर्फ चिल्ड्रेन गाडेन गोलधापका धिरज महतो प्रथम क्यानडी एकडमिका सनम निरौला दितिय तथा महेन्द्र मावीका अभ्यास सिवा तृतीय भएका थिए । त्यस्तै स्व. केदारनाथ तिम्सिना तथा स्व. महममाया तिम्सिनाको स्मृतिमा उनका छोरा रमेश प्रसाद तिम्सिनाले प्रदान गर्नु भएको  असल बुहारी सम्मान  हल्दिवारी -२ का ४ बुहारीलाई उत्कृष्ट छनोट गरि सोही अवसरमा प्रदान गरिएको छ।

नेपाल रेडक्रस उपशाखा हल्दिवारीले एक महिना सम्न गरेको अध्यन अनुसन्धान पछि देहायक बुहारीहरु असल बुहारी को रुपमा सम्मानित हुनु भएको हो ।
सम्मानित हुनुहुनेहरुमा यसोदा प्रसाईं रेग्मी ,हस्तमाया राई ,पुस्पा निरौला खरेल ,योगमाया अधिकारी दाहाल रहनु भएको छ।

वक्तृत्वकला प्रतियोगिता तथा असल बुहारी बाट सम्मानित हुनुहुनेलाई कार्यक्रमका प्रमुख अतिथि डम्बर बहादुर गिरि ,विशिष्ट अतिथि २ नम्बर वडा अध्यक्ष राजेन्द्र योङहाङ्ग ,रेडक्रस झापा शाखा मन्त्री चन्द्र चुडाल ,कोषाध्यक्ष हेम खड्का लगायतले पुरस्कार बितरण तथा सम्मान गर्नु भएको थियोे ।

कार्यक्रमलाई प्रमुख अतिथि डम्बर बहादुर गिरि ,वडा अध्यक्ष राजेन्द्र योङ्हाङ्ग ,रेडक्रस जिल्ला शाखा मन्त्री चन्द्र चुडाल, हल्दिवारी शाखा सभापति कर्णखर प्रसाईले आ आफ्नो भनाई राख्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारी सभापति कर्णखर प्रसाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपसभापति लक्ष्मी प्रसाद खनाले स्वाग तथा कार्यक्रमको सहजीकरण सचीव हरिकृष्ण अधिकारीले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर