Aamsanchar

अमेरिकाले जारी गर्‍यो डेंगु ‘ट्राभल नोटिस’

Author Image
बिहिवार, भदौ २६, २०७६


अमेरिकाले डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । एसिया, प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा पछिल्ला केही महिनायता डेंगुको संक्रमण बढेको छ । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको हो ।यूएस सेन्ट्रिज फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सीडीसी०ले जारी गरेको सूचनामा बांगलादेश, फ्रेन्च पोलिनेसिया ९ताहिती र बोराबोरा०, फिलिपिन्स, सिंगापुर, श्रीलंका र मार्सल आइल्यान्डमा डेंगुको संक्रमण उच्च रहेको उल्लेख छ । क्षेत्रमा संक्रमण उच्च रहेकाले उसले सतर्क रहन भनेको छ ।

यो पनि पढ्नुहोस
थाहा पाइराख्नोस् – डेंगु के हो ? कसरी बच्ने र?

सीडीसीले डेंगुबाट बढी प्रभावित देशहरूको सूचीमा नेपालको नाम उल्लेख नगरे पनि प्रभावित क्षेत्रहरुको नक्सामा भने समेटिएको छ । दक्षिण एसियाकै भारत, पाकिस्तानसँगै बर्मा, लाओस, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, न्यूक्यालेडोनियालगायत देशको नाम पनि डेंगु संक्रमणमा रहेकाले सतर्क रहन सुझाइएको छ ।

‘जागरणमा नेपाल अगाडि’

एसियाका नेपाल, भारत, बांगलादेशलगायतका देशहरु लामखुट्टेजन्य रोगको संक्रमणमा परे पनि यसको नियन्त्रणका लागि नेपाल अगाडि रहेको ले जनाएको छ । स्थानीय तहलगायतसँग सहकार्य गरेर जागरण अभियान सञ्चालन गरिएको भन्दै उसले नेपालको प्रशंसा गरेको छ ।समाचारमा उसले इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। प्रकाश साहको भनाइ पनि समेटेको छ । जसमा उनले गृहमन्त्रालयले सार्वजनिक स्थानहरु सफाइका लागि निर्देशन दिएको जनाएका छन् । दक्षिण एसियाली देश बांगलादेशमा भने संक्रमण बढ्दै गएको जनाइएको छ । संक्रमण बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । छिमेकी देश चीन पनि डेंगुबाट प्रभावित भएको छ । समाचार अनुसार पूर्वी चीनका ६ सयभन्दा बढी डेंगु संक्रमणका कारण बिरामी परेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)