Aamsanchar

हल्दिवारीमा शिक्षा सुधार गर्न आन्तरिक शिक्षक सरुवा शुरु ,छिटै प्र.अ हरुलाई पनि सरुवा गरिने ।

Author Image
बिहिवार, भदौ २६, २०७६


हल्दिवारी गाउँपालिकाले शिक्षामा आमूल परिवर्तन गर्ने भन्दै गाउँपालिका अन्तरविद्यालय शिक्षक सरुवा शुरु गरेको जनाएको छ । ४० औं शिक्षा दिवसको अवसरमा गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले सामुदायिक विद्यालय सुधार गर्न गाउँपालिका कडा रूपमा प्रस्तुत हुने बताएको ३ दिन नबित्दै १३ जना शिक्षकलाई दसरुवा गरेको हो । हल्दिवारी गाउँपालिकाको २३ भदौमा बसेको बैठकले गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिति अध्यक्ष डम्बर बहादुर गिरि प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे र शिक्षा शाखा प्रमुख राम बाहादुर दाहाल रहेको समिति गठन गर्दै अन्तरविद्यालय शिक्षक सरुवा सुरु गरेको समिति संयोजक तथा उपाध्यक्ष गिरिले जानकारी दिनु भएको छ । उपाध्यक्ष गिरिका अनुसार गाउँपालिका शिक्षा नियमावली २०७५ को नियम ५७ मा सामुदायिक विद्यालयका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्ने प्रावधान अनुसार शिक्षकको सरुवा गरिएको बताउनु भएको छ ।

गाउँपालिकाबाट सरुवा हुने शिक्षकहरुमा १।लक्ष्मी मावीका शिक्षक मदन पोखरेलाई सरस्वती आधारभूत विद्यालयमा अङ्ग्रेजी शिक्षकको रुपमा , २।लक्ष्मी मावीका अर्जुन भट्टराईलाई दिपेन्द्र प्राविमा शैक्षिक गुणस्तर सुधार गर्न ,३। लक्ष्मी माविका शिक्षक बोधकृस्ण पौडेललाई महेन्द्र माविमा लेखा विषय अध्यापन तथा थप जिम्मेवारी ,४। पन्चायत माविका शिक्षक छविलाल गणेशलाई लक्ष्मी माविमा डिग्री उपयोग गर्न ,५। दिपेन्द्र प्राविकि सविना भट्टराईलाई लक्ष्मी माविमा डिग्री उपयोग गर्न ,६। रामेस्वर प्राविका शिक्षक सुर्यप्रसाद घिमिरेलाई सरस्वती आ। व। मा गुणस्तर सुधार गर्न ,७। रामेस्वर प्राविका शिक्षक भानुभक्त न्यौपानेलाई शान्ति प्राविमा गुणस्तर सुधार गर्न ,८। महेन्द्र माविका शिक्षक लोक प्रसाद भण्डारीलाई लक्ष्मी माविमा गुणस्तर सुधार गर्न ,९ ।सरस्वती आ। वि । का शिक्षक मेनुका शर्मालाई रामेस्वर प्राविमा गुणस्तर सुधार गर्न ,१०।सरस्वती आ। वि का शिक्षक दिल कुमारी बिस्टलाई रामेस्वर प्राविमा गुणस्तर सुधार गर्न ,११।सरस्वती आ विका शिक्षक माया सुबेदिलाई लक्ष्मी माविमा गुणस्तर सुधार गर्न ,१२।सरस्वती आविका शिक्षक चिन्तामणी भट्टराईलाई दिपेन्द्र प्राविमा गुणस्तर सुधार गर्न ,१३।लक्ष्मी माविका शिक्षक शिवनाथ पाण्डेलाई पन्चायत माविमा अङ्ग्रेजी शिक्षकको पदपूर्ति गर्न भनिएको छ ।

हल्दिवारी गाउँपालिका प्रशासकिय अधिकृत सन्तोष घिमिरेका अनुसार यहाँका सामुदायिक विद्यालयहरुलाई सुधार गरि जिल्लाकै नमुना विद्यालय बनाउन प्रध्यानाध्यापक छ्नोट सम्बन्धि कार्याविधी बनाई क्षमतावान शिक्षकहरुबाट प्रतिस्पर्धात्मक परिक्षा गरि प्रविधि मैत्री हुनेगरी प्रधान अध्यापक छनोटको व्यवस्था छिटै शुरु गर्न लागिएको जानकारी समेत दिनु भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)