Aamsanchar

नेपालमा स्कूल बनाइदिने नशा

Author Image
शुक्रवार, भदौ २७, २०७६


सिड्नी । नेपालमा विद्यालय मर्मत, पुस्तकालय निर्माण र मन्टेश्वरी तालिम केन्द्र खोल्ने नशा लागेका अस्ट्रेलियन शिक्षक ग्याबिन मक्कोर्मकले दुई दर्जन विदेशी स्वयमसेवकको नेतृत्व गर्दै आउँदो डिसेम्बरको दोश्रो हप्ता नवलपरासीको स्कूल मर्मत तथा सजावट गर्ने भएका छन् । उनका नेपाली साथी आनन्द देवकोटाले अनलाइनखबर अस्ट्रेलिया सस्करणलाई टेलिफोनमा बताए अनुसार मर्मत गरिने स्कूल बर्दघाट नगरपालिका( १३ स्थित जयन्ति आधारभूत विद्यालय, धनेवा हो । ‘प्रत्येक दिन केही न केही सामान आइरहेका छन् , हिजो मात्रै पुस्तकको भारी आयो,’ आनन्दले भने, ‘हामी ग्याबिन र उनको टोलीको प्रतिक्षामा छौ ।’ ग्याबिनको यस पटकको क्रिसमस बिदाको योजना उक्त विद्यालयका ११ कोठा मर्मत र रंगरोगन गर्नुका साथै फर्निचर तथा पाठ्य सामग्री वितरण गर्नु पनि रहेको छ । ‘विद्यालय हाता नजिकैको मिलिजुली युबा क्लब भवनको एउटा कोठामा पुस्तकालय बनाउने योजना पनि छ,’ ग्याबिनका नेपाल सहकर्मी देवकोटाले भने, ‘त्यो पुस्तकालय बिद्यार्थी तथा पाका पुस्ता सबैका लागि हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर