Aamsanchar

विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न ठिलासुस्ती

Author Image
शनिवार, भदौ २८, २०७६

काठमाडौँ । सरकारले प्राथमिकता नदिँदा ५ वटा विश्वविद्यालयमा उपकुलपतिसहितका पदाधिकारी नियुक्तिमा ढिलाइ भइरहेको छ । नाम सिफारिस समिति (सर्च कमिटी) ले सम्भावित पदाधिकारीको नामावलीसमेत सिफारिस गर्न सकेको छैन ।

त्रिवि उपकुलपति नाम सिफारिस समितिको दोस्रोपटक थपिएको म्याद भदौ २० मा सकिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित समितिको एक महिनामा एउटा मात्रै बैठक बसेको छ । म्याद सकिने दिन बैठक डाकेर समितिले पुनः म्याद थपका लागि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)