Aamsanchar

हल्दिवारीमा भव्य मनाईयो वाल दिवस, गाउँपालिका स्तरिय समिति गठन

Author Image
आइतवार, भदौ २९, २०७६

 

हल्दिवारी ।  हल्दिवारी गाउँ पालिकाको आयोजनामा अन्तर्राष्ट्रिय बाल दिवस हल्दिवारी माविको प्राङ्गणमा सास्कृती कार्यक्रम सहित बाल क्लब गठन गर्दै सम्पन्न भएको छ।

हल्दिवारी गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनको प्रमुख आतिथ्य तथा बाल क्लब हल्दिवारी माविका अध्यक्ष पशुपति ढुंगानाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।उक्त कार्यक्रमलाई प्रमुख अतिथि लिङ्गदेन ,प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे ,वडा न १ अध्यक्ष त्रिलोचन सापकोटा ,गाउँ शिक्षा प्रमुख राम बहादुर दाहाल ,हल्दिवारी माविका प्राचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

सोही अवसरमा  हल्दिवारीका बालक समृद्धिका पालक  भन्ने नाराका साथ हल्दिवारी गाउँपालिका लाई मध्य रजर राख्दै चित्र कला प्रतियोगिता समेत सम्पन्न गरिएको छ । बाल दिवसकै अवसरमा साँस्कृतिक नृत्य प्रस्तुत सहित, हल्दिवारी गाउँपालिका स्तरीय बाल क्लब हल्दिवारी माविका पशुपति डुंगानाको अध्यक्षतामा गठन गरिएको छ ।

गठित नव निर्वाचित कार्य समितिमाअध्यक्ष स्पशुपति ढुङ्गाना, उपाध्यक्ष  रुविका खनाल, सचीव स्प्रशान्त गिरी, सचिब स्सर्मिला राजबन्शी, कोषध्यक्ष सरु संगौला सदस्यहरु निमा बुढाथोकी, लावती कन्दङ्ग्वा  सागर ढकाल, राज अधिकारी , सलिन पौडेल, सर्बन मेचे, अरुण मेचे, जानुका गिरी, सुस्मिता राजबन्शी चयन भएका छन ।

कार्यक्रमको सहजीकरण हल्दिवारी गाउँ पालिका अधिकृत राजु न्यौपानेले गर्नु भएको थियोे भने सहजीकरणमा सहयोग अबिराज खतिवडाको रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर