Aamsanchar

गाई मर्दा तीन दिन जुठो बारे माधबप्रसादले

Author Image
आइतवार, असोज ५, २०७६

मोरङ । आस्था र धार्मिक मान्यताका आधारलाई भंग गर्दै पछिल्लो समय मान्छेको काज क्रियाको मिति छोट्याउने बहस चलिरहंदा मोरङ मिक्लाजुङका एक किसानले भने आफ्नै घरमा पालेको गाईको मृत्यु संस्कार धार्मिक अनुसार सम्पन्न गरेका छन ।

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ टाँडीका किसान हेमलाल पौडेलले पालेको गाईको गत असोज २ गते बिहिबार मृत्यु भएको थियो ।

सुत्केरी गाईको मृत्यु भएपछी हिन्दु संस्कार अनुसार गाईको काजक्रिया गरिएको गाई धनी हेमलाल पौडेलले बताए । उन्नत जातको होलेष्टन जातको गाई थियो गाई सुत्केरी भएको आठ दिनमै म¥यो हेमलाले भने ।

गाईको जुठो बार्न हेमलाका दाजु माधबप्रसाद पौडेलले बसेका थिए । उनले गाईको तीन दिने मृत्यु संस्कार गरेका हुन । गाई व्याएको आठ दिनका दिनमा मरे पछि हिन्दु संस्कार अनुसार तीन दिनसम्म काजक्रिया गरिएको काजक्रिया गर्न बसेका माधबप्रसाद पौडेलले बताए ।

“गाई दाम्लो भन्दा बाहिर रहेको बेलामा मर्यो यदी दाम्लो लगाएकै बेलामा मरेको भए दश दिनसम्मै काम गर्नु पर्ने पौडेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर