Aamsanchar

कुनैपनि हालतमा गढीमाई पञ्चबर्षिय मेलामा बली रोकिदैन – अध्यक्ष साह

Author Image
बिहिवार, असोज १६, २०७६

वीरगंज ।
हरेक ५ बर्षमा लाग्ने बाराको प्रशिद्ध सक्तीपिठ गढीमाई मन्दिरमा यस बर्ष पनि मेला लाग्ने भएको छ । विश्वमै धेरै बली दिने मेलाको रुपमा परिचित रहेको उक्त गढीमाई मेलामा यस बर्ष बाट वली दिन रोक लगान विभिन्न पक्ष विच भएको सहमतीलाई मन्दिर संचालन तथा बिकाश समितीले सहमतीको पालना नगर्ने समितीका अध्यक्ष रामचन्द्र साहले बताएका छन ।

राजनितीक चलखेलको कारण यस बर्ष गढीमाईको शोभा यात्रा सोचे जस्तो नभएको बताउदै, जिल्ला प्रशासन कार्यालय बारामा भएको सम्झौता नगरपालिकाले नमान्दा समास्या भएको साहले बताएका छन । गढीमाई पंचबर्षिय मेलालाई एतिहासिक बनाउन समितीले व्यवस्थापकिय योजनाहरु सुरु गरिसकेको पनि उनले बताए । नेपालको गौरवको रुपमा रहेको मेलालाई नगरपालिकाका मेयरले वडामा मात्र सिमित गर्न खोजेको आरोप लगाउदै सम्मानित अदालतले आफुहरुलाई नै अधिकार दिएकोले आफुहरुले नै मेला लगाउने दावि समेत गरेका छन। गढीमाई मन्दिर संचाल्न तथा बिकाश समितीले डेढ बिगहा जग्गा खरिद गरि बली दिने स्थान निर्माण  निर्माण गर्न काम अघी बढाईको जानकारी अध्यक्ष साहले दिएका छन ।

गढीमाई मन्दिरमा कुनै पनि हालतमा बली नरोकिने दावा गर्दै देशी बिदेशी शक्तिहरु बली रोक्न चलखेल गरेपनि त्यो सफल नहुने  उनको  दावी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर