Aamsanchar

मिसटिन रुक्सुमलाई संस्कृतिनै प्यारो

Author Image
शुक्रवार, असोज १७, २०७६


नेपाली युवा युवतीहरुमा पास्चत्य संस्कृतिको जानी नजानी अवलम्बन गर्ने होडबाजीनै चलेको वेला नव मोडल रुक्सुम गुरागाइँलाई नेपाली संस्कृतिनै प्यारो लाग्ने बताएकी छिन ।  मिसटिन पूर्वाञ्चल २०१८ को ताज प्राप्त गर्न सफल रुक्सुम १६ बर्षको उमेरबाटै मोडलिंङको यात्रामा अघी बढन थालेकी छिन । मोडलिंङ विधालाई उनले गर्ने व्याख्या अरुको भन्दा अलि फरक छ, उनि भन्छिन मोडलिंङ भनेको छोटो लुगा लगाउनु, जिउ बङयाउनु मात्र हैन, मोडलिंङ भनेको आम युवा भन्दा अब्बल विभिद क्षमता हुने व्यक्ती नै मोडल हो, मोडलले गाउँसमाज, जिल्ला र देशकै प्रतिनिधित्व गरेको हुन्छ त्यसैले मोडलका हरेक गतिविधी समाजलाई सकारात्मक संदेश दिने खालको हुनुपर्छ, अझ आफ्नो मौलिक कला संस्कृतिको जगेर्ना गर्नु पहिलो दाहित्व हो ।

पिता राजकुमार गुरागाइँ र माता विमला गुरागाइँकी जेठी छोरी एक भाई रोजनकी दिदी रुक्सुम हाल चन्द्रगढी स्थित विभूती विद्यामन्दिरमा कक्षा १० मा अध्यनरत छिन । सानै उमेरमा मोडलिंक प्रतिको मोह जागेपछी आमाको प्रेरणाले यस क्षेत्रमा प्रवेश गरेको उनि बताउछिन ।

मिसटिनको उपाधी प्राप्त गरेपछि दिन प्रतिदिन उनीमा अझ मोडलिंक कला प्रति नतपस्तक बनेर लागी रहेकी छिन १२ कक्षा अध्ययन पछि थ्रियटर अभिनय तर्फ अध्ययन सुरु गर्ने सोचमा छिन ।
दिपक लिम्बु, मेलिना राईका दुई गितको भिडियोमा उनले अभिनय पनि गरि सकेकी छिन, मिडियामा भने पहिलो पटक आमसंचारले अवसर दिएकोमा आफु धेरै खुशी बनेको बताईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर