Aamsanchar

डाढ दुख्ने समस्या भोगी रहनुभएको छ ? यसो गर्नुहोस् समाधान हुदै जान्छ

Author Image
शनिवार, कार्तिक ९, २०७६

घन्टौंसम्म एकैठाउँमा बसेर लगातार काम गर्नाले ढाड दुख्ने समस्या बढ्दछ । यस्तै मोटोपन बढ्दैजाँदा पनि ढाड दुख्ने समस्या बढ्न थाल्छ । यदि तपाईको जीवनशैली लामो समयसम्म बसेर काम गर्ने वा निष्क्रिय ढंगको छ भने ढाड दुख्ने सम्भावना अझ बढ्दछ । तर समस्यासँग भाग्ने भन्दा पनि समस्याको समाधान हुँदैन तर, आफ्नो जीवनशैलीमा सामान्यतः बदलाव ल्याउनाले पनि यस्ता समस्याबाट समाधान पाउन सकिन्छ । अलिकति रुटिन बदल्नुहोस्, सकेजति जीवनशैली बदल्नुहोस्, यसले ढाड दुख्ने समस्यालाई समाधान गर्न मद्दत पुर्याउँछ ।

एक वरिष्ठ स्पाइनल स्पेशियलिस्टका अनुसार, योगा, डाइट र अभ्यासबाट ढाड दुख्ने समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । यसले काफी हदसम्म यो समस्याबाट मुक्ति मिल्दछ । नियमित अभ्यास र स्वस्थ्य खानाबाट ढाड दुख्ने समस्याको खतरा टार्न सकिन्छ । योगा आसन, सहज नवासन, उत्थिता सर्वांगासनबाट मांसपेशीमा लचिलोपना र मेरुदण्ड बलियो बनाउँछ ।

एयरोबिक अभ्यास मेरुदण्डको समस्या न्यूनीकरण गर्न सहयोगी सावित हुनसक्छ । यदि तपाईं एयरोबिक एक्सरसाइज गर्नुहुन्न भन्ने पनि पौडी खेल्ने अथवा केही समयको हिंडाईले पनि तपाईंको शरीर बलियो बनाउँछ र स्टेमिना पनि बढाउँछ । तर कुनै पनि अभ्यास गर्नुभन्दा अगाडि आफ्नो शरीर त्यसको लागि ठीक छ कि छैन, थाहा पाउनुपर्छ । यदि तपाईसँग कुनै शारीरिक समस्या छन् भने अन्धाधुन्ध अभ्यासले झन गडबडी ल्याउन सक्छ । यस्तो अवस्थामा चिकित्सकसँगको सल्लाहपछि उपयुक्त शारीरिक अभ्यासलाई मात्र निरन्तरता दिनु उपयुक्त हुन्छ । हरेक दिन २० देखि २५ मिनेटको अभ्यासले तपाईंको ढाड दुख्ने समस्यालाई न्यूनीकरण गर्दछ ।

पोषणयुक्त र स्वस्थ खाना पनि ढाड दुखाई कम गर्ने महत्वपूर्ण उपाय हो । भनिन्छ, हामी जे खान्छौं, त्यो हाम्रो शरीरमा जम्मा हुन्छ । यदि तपाईले आफ्नो खानामा फाइबर र एन्टीअक्सिडन्टको मात्रा अत्यधिक समावेश गर्नुहुन्छ भने यसले तपाईंको शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । यसले तपाईंको तौल पनि नियन्त्रित गर्दछ ।

तर, यदि तपाईं जंक फुड खानुहुन्छ भने यसले तपाईलाई प्रदान गर्ने बढी क्यालोरीले शरीरमा आलस्य पैदा गर्दछ । यस्तो बेला जति खाए पनि अघाएजस्तो हुँदैन । तौल निरन्तर बढ्दछ । यही नै मोटोपनको कारण हो । यसले पनि स्पाइनल कर्ड अथवा डाढ दुख्ने समस्या बढ्दछ र मेरुदण्डसम्बन्धी समस्या बढ्दछ । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर