Aamsanchar

असल मान्छे बन्ने १५ तरिका

Author Image
सोमवार, कार्तिक १८, २०७६

१,  कम्फर्टेबल अन्डरवेयर छनोट गर्नुहोस् विज्ञहरू सधैँ आरामदायी हुने ब्रान्डेड अन्डरवेयर छान्न सुझाब दिन्छन् ।

२,  कफी पिउनुहोस् कफी एन्टिअक्सिडेन्टको उत्तम स्रोत हो । ह्वाइट वा रेड कुन वाइन खाने भनी नसोच्नुस्, कफी खानुहोस् ।

३, माया गर्ने मान्छेसँग समय बिताउनुहोस् दैनिक ४ मिनेट समय आफूले माया गर्ने वा माया गर्न चाहने मान्छेसँग आँखा मिलाएर बिताउनुहोस् । २ होइन, ३ पनि होइन, ४ मिनेट आफ्नो आत्मीयसँग बिताउनुहोस् ।

४, मूर्ख नबन्नुहोस् साना–साना व्यवहार मन नपर्दैमा माया गर्ने मान्छेसँगको सम्बन्ध नतोड्नुहोस् । कुनै दिन अरूले त्यसैगरी तपाईंसँग विनाकारण सम्बन्ध तोड्न सक्छन् ।

५, बच्चासँग असल व्यवहार गर्नुहोस् बच्चाले यदि ग्याजेटको स्क्रिन फुटाए अर्थात् केही क्षति पुग्ने नै काम गरे भने पनि राम्रोसँग प्रस्तुत हुनुहोस् । उग्र नबन्नुहोस् ।

६, आफू शक्तिशाली देखिने लुगा छान्नुहोस् तपाईं आफैँलाई आफ्नो लुगा राम्रो लाग्यो भने त्यसले साइकोलोजिकल्ली राम्रो असर पुर्याउँछ । राम्रो लुगा लगाएर नयाँ ठाउँमा जानुभयो भने तपाईंको कन्फिडेन्स नै बेग्लै हुन्छ ।

७, डिभोर्सी हुनुहुन्छ भने पनि राम्रो भूमिका निर्वाह गर्नुहोस् डिभोर्सी हुनुहुन्छ भने पनि पुरानो परिवारसँग राम्र्रो भूमिका निर्वाह गर्नुहोस्, छुट्टी मनाउनुहोस् ।

८,  धूमपान त्याग्नुहोस् यदि तपाईंलाई चुरोट त्याग्नु अस्तित्व गुमाउनुजस्तै लाग्छ भने पनि त्याग्नुहोस् । प्रयत्न गर्नुहोस्, बिस्तारै तपाईंलाई राम्रो अनुभूति हुनेछ कि धुमपान गर्दा र नगर्दा दैनिक जीवन कति अन्तर हुँदोरहेछ ।

९, जनावर पाल्नुहोस् जनावरसँगको सामीप्यले डिप्रेसन भएको मानिसलाई पनि निको हुने विश्वास गरिन्छ । भनिन्छ, कहिलेकाहीँ बरु आफन्तले धोका दिन सक्छन्, तर जनावरले दिँदैनन् ।

१०, हेर्दा असम्भव लाग्ने काम गर्ने आँट लिनुहोस् सुरुवातमा कुनै काम असम्भवजस्तो लाग्ने गर्छ, तर आफैँले आफैँलाई चुनौती दिने साहस गर्नुहोस् कहिलेकाहीँ । भनिन्छ, आँटेपछि जे पनि गर्न सकिन्छ ।

११, विवाहित हुनुहुन्छ भने सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्नुहोस् जीवन कहिले अप्ठ्यारैअप्ठ्यारोबाट गुज्रिन सक्छ, तर त्यसको अन्त्य पनि हुन्छ । सम्बन्धमा दरार आउन नदिनुहोस् ।

१२, यौनसम्बन्धलाइ्र्र प्राथमिकतामा राख्नुहोस् सम्बन्धलाई बचाइराख्न, स्वास्थ्यका हिसाबले र पार्टनरसँगको वैमनस्य कम गर्न यौनसम्बन्ध अति आवश्यक छ ।

१३,आफ्नो इलेक्ट्रोनिक डिभाइसको मालिक आफैँ बन्नुहोस् कहिलेकाहीँ ग्याजेटमा समस्या आउन सक्छ, तर आफैँ समाधान गर्ने प्रयास गर्नुहोस् । ल्यापटप, कम्प्युटर तथा अन्य ग्याजेटमा सानातिना समस्या आउनेबित्तिकै अरूको भरपर्नुपर्ने भयो भने कामको एकाग्रता भंग हुन्छ । त्यसैले आफैँ बनाउने तथा नयाँ कुरा सिक्ने कोसिस गर्नुहोस् ।

१४, ‘म यो कामका लागि धेरै बूढो भइसकेँ’ भन्ने सोच त्याग्नुहोस्
धेरै मान्छेले सोच्ने गर्छन्, उमेर बढेसँगै केही गर्न सकिन्न । तर, यो बिलकुलै होइन । आत्मविश्वास भए कुनै पनि कामका लागि उमेर बाधक बन्दैन । इच्छा लागेको काममा उमेरलाई नसम्झनुहोस् । कुनै पनि कामका लागि म अति बूढो भएँ भन्ने नसोच्नुहोस् ।

१५, आफ्ना सहयोगीसँग कृतज्ञ बन्नुहोस् जसले जीवनमा कुनै पनि मोडमा सानो भए पनि सहयोग गरेका छन्, उनीहरूप्रति आजीवन कृतज्ञ बन्नुहोस् । समय फेरिनासाथ कृतघ्न नबन्नुहोस् । एकपटकको सहयोग पनि जीवनभर सम्झनुहोस् । यसले सधैँ सकारात्मक र विनम्र बन्न सिकाउँछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 360

प्रतिक्रिया (०)

सम्बन्धित खबर