Aamsanchar

विवाहमा साइँली औंलामा औठी किन लगाईन्छ ? यस्तो छ कारण

Author Image
सोमवार, कार्तिक २५, २०७६

विवाहको बेला बेहुला बेहुलीले एकआपसको साइँली औंलामा औठी लगाइ दिने चलन छ । विवाह बन्धनमा बाधिएका महिलाहरूले बायाँ हातको साइँली औंला र पुरुषहरूले भने दायाँ हातको साइँली औंलामा औठी लगाउने चलन पहिलेदेखि नै चल्दै आएको मानिन्छ ।

विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा शुरू भएको थियो र त्यसबेलादेखी विवाहमा औठी लगाउने चल्दै आएको छ । यो परम्परा प्राचीन रोमन र ग्रीक समयमा चलेको मानिन्छ । तर, साइँली औंलामै औठी किन लगाइन्छ भनेर अधिकांश मानिसहरूलाई थाहा नहुन सक्छ ।

पहिला औठी दुलहाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो । अब भने औठी बेहुलालाई नै लगाइदिने गरिन्छ । केटिहरूको बायाँ हातको साइँली औंलामा र केटाहरूको दायाँ हातको साइंली औलाको नसा सिधै मुटुमा जोडिने हुँदा उक्त औलामा औंठी लगाइ दिँदा सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको बुझिन्छ ।

विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सुत्रका रुपमा औंठीलाई लिने चलन छ । एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रुपमा पनि औंठी लगाइन्छ । कुनै कुनै ठाउँमा केटाहरूले समेत बायाँ हातको साइँली औलामा पनि औंठी लगाउने चलन रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 869

प्रतिक्रिया (०)

सम्बन्धित खबर