Aamsanchar

समयमा निद्रा लाग्दैन ? अपनाउनुस् यी निदाउने उपाय

Author Image
बिहिवार, कार्तिक २८, २०७६

कम्तिमा रातको सातदेखि आठ घन्टा विश्राममा जानु अथवा निदाउनु हाम्रो प्राकृतिक आवश्यकता हो । जो समयमै निदाउन सक्छन् उनीहरू मानसिक र शारीरिक रुपमा स्वस्थ्य हुने चिकित्सकहरू बताउँछन् ।

तर, चाहँदा चाहँदै पनि कतिपय अवस्थामा निद्रै पर्दैन । कतिपयलाई त ओछ्यानमा पल्टेको धेरैबेर भइसक्दा पनि निदाउन नसक्ने समस्या नै हुन्छ । यदि यस्तो छ भने यी १२ उपाय अपनाउनुस् जसले तपाईंलाई सन्तुलित निद्रा दिन्छ ।

घामको ताप ताप्नुहोस् 

अचम्म लाग्न सक्छ, मीठो निद्राका लागि घाम ताप्नु आवश्यक छ । हरेक दिन सूर्यको प्रकाशमा बस्ने गर्नुहोस् । यसले साँझमा थकित अनुभव गराउँछ । जसले तपाईंलाई समयमै निद्रा पर्छ । साथै सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी पनि प्राप्त हुन्छ ।

व्यायाम गर्नुहोस् 

बाहिरफेर हिँड्ने बानी गर्नुहोस् जसले तपाईंलाई राम्रो निद्रा पर्छ । समयमै निदाउन सक्ने मानिसले आफ्नो नियमित काम पनि प्रभावकारी रूपमा गर्न सक्छ ।

साँझको समय कफी, क्याफिन सेवन नगर्ने 

तपाईंलाई थाहा छ रु चिया, कफीले निद्रा भगाउने काम गर्छन् । एकपटक सय मिलिग्राम क्याफिन सेवन गर्नुभयो भने यसको असर शरीरमा सात घण्टासम्म रहन्छ । यसकारण साँझमा सानो एक कप कफीले पनि रातिको निद्रामा बाधा पुर्‍याउन सक्छ ।

खाना खानेबित्तिकै नसुत्नुहोस् 

खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यसकारण खाना खाएको दुईरतीन घन्टापछि मात्र ओछ्यानमा जानुहोस् ।

समयमै सुत्नुहोस्  राति छिटो सुत्ने बानी गर्नुहोस् । छिटो सुत्ने बानीले तपाईंलाई आनन्द मिल्नुको साथै राम्रो निद्रा पनि पर्छ ।

ओछ्यानमा जानुअघि यसो गर्नुहोस् 

नुहाउनुहोस् दाँत माझ्नुहोस् र उपयोगी पुस्तकका केही पृष्ठ पढ्नुहोस् । हरेक साँझ यसो गर्नुभयो भने तपाईंको शरीरलाई तालिकामा चल्ने अभ्यास हुन्छ । यस्तो अवस्थामा शरीर आफैँले सुत्ने समय भएको सन्देश दिन थाल्छ ।

ओछ्यान आनन्दयुक्त बनाउनुहोस्

निदाउन शरीरलाई १६ देखि १८ डिग्री सेल्सियस तापक्रम उचित मानिन्छ । जब बाहिर बढी तापक्रम हुन्छ तब भित्रको वातवरण केही चिसो बनाउनुहोस् । बाहिर जाडो छ भने भित्र केही न्यानो बनाउनुहोस् ।

कोठाको वातावरण सन्तुलित राख्नुहोस् 

सकेसम्म आफ्नो सुत्ने कोठा, ओछ्यान सफा र चिटिक्क पार्नुहोस् । यसका लागि तन्ना, सिरकजस्ता कुरा नरम किसिमका एवं सुन्दर रङका छनोट गर्नुहोस् । कोठामा कुनै पनि सामान लथालिंग रूपमा नराख्नुहोस् । जसले सजिलै निद्रा पर्छ ।

ठीक साइडमा मात्र सुत्ने गर्नुहोस् 

सुताइको साइड नमिल्दा पनि निद्रा पर्दैन । मुटु, उच्च रक्तचापका रोगी छन् भने ठीक साइडमा सुत्नाले मुटुलाई दबाब पर्दैन । रक्त सञ्चारमा बाधा पर्दैन र सजिलै निदाउन सकिन्छ ।

सुत्ने समयमा नकारात्मक नसोच्नुहोस् 

भनेको कुरा व्यवहारमा उतार्न सजिलो छैन । तर आँखा बन्द गर्ने बेलामा राम्रा विचार मात्र मनमा ल्याउनुहोस् । जुन विचार गहिरो निद्रा नआउँदासम्म जारी राख्नुहोस् । निश्चित रूपमा तपाईंलाई निद्राले छोप्नेछ ।

निदाउने बेला भूतका कथाहरू नसुन्नुहोस् 

डरलाग्दा भूत या अपराधका फिल्म हेर्ने बानी छ भने तुरुन्त छाड्नुहोस् । यस्ता फिल्मले तपाईंको मन अनावश्यक डर पैदा गर्छ र निद्रामा बाधा पार्छ । साथै निदाइहाले पनि नराम्रा सपना देखिन्छ ।

चिकित्सकसँग परामर्श गर्ने 

कतिपय अवस्थामा जतिसुकै प्रयास गर्दा पनि नद्रा लाग्दैन । त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गरी औषधी सेवन गर्नु उपयुक्त हुन्छ । तर, चिकित्सकको परामर्शबिना औषधी सेवन गर्नु उपयुक्त हुँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर