Aamsanchar

दिवसनै छ भने हामि किन सहनशील बन्न नसक्ने

Author Image
शनिवार, कार्तिक ३०, २०७६

अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्को द्वारा घोषित एक दिवस हो जसले सन् १९९५ देखि विश्वभरि असहमति, असमझदारी र असहनशिल भएपछिको खतराहरुको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ। आज यस दिवसको अवसरमा प्रत्येक वर्ष युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ। यस्ता समारोहहरुमा सहनशीलता र अहिंसाको प्रवर्धनको बारेमा गम्भीरता पुर्वक छलफल हुनेगर्दछ।

विश्वभर, आधुनिकीकरणले समाजहरूमा गहिरो परिवर्तन ल्याइरहेको छ। यसले संचार र आदानप्रदानको लागि विशाल अवसर खोलिरहेको छ। त्यस संगसंगै यसैका कारण असमानता र गरीबी जस्ता अन्य नयाँ चुनौतिहरू पनि उठिरहेका छन्। अहिले हामीले विभिन्न ठाउहरुमा अनैतिक राजनीतिको उदय र विभाजनको बहस देख्छौं, अहिले हामी विविधतालाई कमजोरीको स्रोतको रूपमा अस्वीकार गरिरहेका छौ । कतै दुर्व्यवहार, कतै घृणा त कतै आतंकवादी हमलाहरूले मानव समुदायलाई एकताको शुत्रमा बाध्न सकिरहेको छैन। यस सन्दर्भमा, सहिष्णुता, सद्भाव र सहनशीलताको कमि आधुनिकीकरणसंगै बढी रहेको बुझ्न सकिन्छ। अहिलेको समाजले यो बढिरहेको अमानविय जटिलताबाट मुक्ति पाउन, सहनशीलताले मुख्य भूमिका खेल्नेछ।

सबै संस्कृतहरू फरक छन्, सबै मानिसहरू फरक छन्,तर मानवताको समुदाय भनेको एकै हो। सहनशीलता शान्तिको लागि संघर्ष हो। आजको यस दिवसले मानव अधिकारको आधारमा विविधता र बहुमतवादको सम्मान गर्दछ। आफ्नो जीवनमा सहनशीलताको कार्य गरौ, अरूलाई बुझ्न खोजौ,सबै विभेद र घृणालाई अस्वीकार गर्न सिकौ र साम्राज्यवादको अन्त्य गरौ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर