Aamsanchar

बिर्तामोडमा सुरु भयो तिन दिने प्रदेश स्तरिय चित्र प्रर्दशनी

Author Image
शुक्रवार, मंसिर १३, २०७६

सामाजमा बढदैै गएको हिंसा अनि अमानविय कुरालाई निर्मुल पार्ने उदेश्यका साथ झापाको बिर्तामोडमा शुक्रबारबाट तिन दिने चित्रकला प्रर्दशनी तथा कार्यशाला सुरु भएको छ ।
देही आर्ट काकड्भिट्टाको आयोजनामा बिर्तामोड स्थित प्राचीन क्याफे एण्ड रेष्ट्रोमा ‘प्रेम’ शिर्षक दिएर पाँचौं चित्रकला प्रर्दशनी गरेको हो ।

कला संग संम्वन्धित कार्यहरु साना बालबालिकाहरुलाई सिकाउदै हरेक बर्ष विभिन्न स्थानमा पर्दशनी गर्दै आएको देही आर्टले यस पटक प्रदेश १ का प्राज्ञचित्रकारहरुलाई एकै थलोमा भेला गरेर उक्त कार्यक्रम गरेकोे छ ।

चित्र प्रर्दशनीको साथै बिक्रीपनि गर्ने उदेश्यले आयोजना गरिएको प्रर्दशनीमा स्थानिय र जिल्ला बाहिरका कला प्रेमीहरु अवलोकनमा आउन थालेका छन ।
औपचारिक कार्यक्रम आयोजना गरेर सुरु गरिएको प्रर्दशनी देही आर्टका अध्यक्ष छितेन शेर्पाको अध्यक्षता र शिक्षा सेवी सञ्जिव राईको प्रमुख आथित्यता सुरु गरिएको थियो ।

पूर्वमा स्थापित बनेका कलाकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको छ । कार्यक्रममा प्राज्ञहरु सरोजा खड्गी, पवन राजवंशी, त्यसैगरी बरिष्ठ चित्रकारहरु युवराज रिजाल, गणेश लामा, महेन्द्र राई, केसर धिमाल, अविशेक दास, धिरज चाम्लिङ, अनुराधा थापा, दिपक लामाले चित्र बनाई रहेका छन ।

प्रर्दशनी स्थलमा मौलिक लिम्बु, सहनवाज अली, अविशेक प्रधान, रेवती खनाल, रानी खड्का, सुशील राई, समृद्धी सापकोटा, बिरुना राई, अनुस्का संग्रौलाले सृजना गरेका चित्र र मुर्तीहरु राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर