Aamsanchar

विवाहमा साढे दुई किलो प्याज उपहार दिए पछि…

Author Image
मङ्गलवार, मंसिर २४, २०७६


एक जोडीलाई विवाहको उपहारस्वरुप प्याज दिइएको छ । भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप प्याज दिइएको छ । नवविवाहित शाहुल र सबरिनाको विवाहमा शाहुलका साथी जी. चेतनसहित ६ साथीले साढे दुई किलो प्याज उपहारस्वरुप दिएका हुन् । दुलहा र उनका परिवारले विवाहमा बिरयानीसँग प्याज हालिएको रायता सर्भ गर्न चाहन्थे तर यसको मूल्य धेरै भएका कारण यस्तो गर्न सकेनन् ।

प्याज नपाएका दुलहाका परिवारले काँक्रोको रायता बनाउने निर्णय गरेपछि आफूहरुले प्याज उपहारस्वरुप प्रदान गरेको चेतनले बताए । पाँचसय भारुमा खरिद गरि उपहार दिइएको साढे दुई किलो प्याजको अत्यधिक चर्चा भएको छ । रिसेप्सनको क्रममा प्याज उपहार दिएको देखेर आफू अचम्मित भएको दुलहा शाहुलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर