Aamsanchar

‘ग्रान्ट ट्रि लिमिटेड’ संस्था जहाँ कर्मचारी आफैँले तोक्छन्, आफ्नो तलब

Author Image
शुक्रवार, मंसिर २७, २०७६


तलब, अर्थात श्रम गरे बापत पाउने पारिश्रमिक हरेक संस्था वा कम्पनीले आफ्नो नियमानुसार तोक्ने गर्दछन् । कर्मचारीलाई प्रदान गरिने तलब कुनै पनि संस्था, कम्पनी वा कार्यालयले आफैँ तोक्ने गर्दछन् । यो रीत विश्वभर नै छ । तपाईं हामी सबैले कार्यालयले तोकेको तलबमा नै काम गर्दै आएका छौँ । किनकी कर्मचारी वा कामदारलाई आफ्नो तलब आफैं तोक्ने अधिकार हुँदैन ।

बरु तलब भत्ताका बिषयमा केही आपसी समझदारी भने हुनसक्छ । तर विश्वमा एउटा यस्तो संस्था पनि छ, जहाँ काम गर्ने कर्मचारीले आफैँले आफ्नो तलब तोक्ने गर्दछन् । यतिमात्र होइन, मन लागेमा आफ्नो तलब आफैँ बढाउन पनि सक्छन् । बेलायतको राजधानी लण्डनमा रहेको ग्रान्ट ट्रि लिमिटेड नामक संस्थाका कर्मचारीले आफ्नो तलब आफैँ तोक्न पाउने नियम छ । ग्रान्ट ट्री विभिन्न व्यावसायिक फर्मलाई सरकारी कोष दिलाउन सहयोग गर्ने संस्था हो ।

उक्त संस्थामा कार्यरत २५ वर्षीया सिसलिया मन्डुकाले आफ्नो तलब वार्षिक ७ हजार डलर बढाएकी हुन् । मन्डुकाले वार्षिक ३० हजार डलर रहेको आफ्नो तलब बढाएर ३७ हजार डलर पुर्याएकी हुन् । खासमा ग्रान्टमा आफ्नो तलब बढाउन सहकर्मीको सर्मथन चाहिँदो रहेछ । सहकर्मीले सर्मथन गरेमा हरेक कर्मचारीले आफ्नो तलब बढाउन वा तोक्न पाउने स्वतन्त्रता छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर