Aamsanchar

मेची पुलले विश्वमा रहेका नेपालीको मन खिच्दै

Author Image
शनिवार, पौष ५, २०७६

झापा : झापाको दक्षिण पूर्वमा रहेको नेपाल–भारतको सीमावर्ती नाका भद्रपुरस्थित मेची पुलभरि राष्ट्रिय झन्डा फहराइएको छ। बढ्दो सीमा अतिक्रमणसँगै नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी भद्रपुर नगरपालिका–५ नम्बर वडा कार्यालयले दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल सन्दर्भ पारेर मेची पुलमा शुक्रबार १७ स्थानमा राष्ट्रिय झन्डा फहराइएको हो।

झन्डा फहराइपछि पुलभरि देशको राष्ट्रियता झल्किएको छ।  पुलमा आवतजावत गर्ने व्यक्तिले झन्डा देखिने गरी फोटो खिचाउँदै प्रशंसा गर्न थालेका छन । ‘अहिले पुलमा राष्ट्रिय झन्डा मात्र राखिएको छ’, वडा अध्यक्ष कार्कीले भने, ‘त्यसलाई त्यही ठाउँमा फलामको क्लिप लगाउँदै रंगरोगन गरी सधैँका लागि राख्छौ ।  मेची पुल नेपालकै हो, सीमाबाटै राष्ट्रियता झल्काउन सन्देश दिनलाई झन्डा राखेका हौँ, उनले भने, ‘नेपाल भ्रमण वर्ष सफल बनाउन पनि झन्डाले नेपाल आउने पर्यटकलाई स्वागत र सन्देश दिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर