Aamsanchar

मुसा मार्नको लागी १ करोड ५२ लाख भारु खर्च

Author Image
आइतवार, पौष ६, २०७६


दुनियामा मान्छेहरुले आफ्नो दुश्मनलाई खत्तम गर्न धेरै पैसाको खोलो बगाएको सुन्नमा आईरहेको हुन्छ ।

दुनियामा यस्तो स्थान पनि छ । जहाँ मुसा मार्नको लागी अढाई करोड खर्च भएको छ । हाम्रै छिमकी मुलुक भारतमा यस्तै भएको छ जहाँ मुसा मार्नको लागी लागि १ करोड ५२ लाख भारु खर्च गरेको छ । भारतको रेलवे विभागले झण्डै साढे ५ हजार मुसा मार्नका लागि सो रकम खर्च गरेको छ ।

जाकारी अनुसार १ करोड ५२ लाख ४१ हजार ६८९ भारु खर्च गर्दा तीन वर्षमा जम्मा ५ हजार ४ सय ५७ वटा मात्र मुसा मारिएको छ ।मुसाले रेलभित्र यात्रुहरुका सामान काटिदिने, रेलमा राखिएका खानेकुरा खाइदिने र अन्य सामानहरु समेत काटेर बिगारिदिने समस्या बढिरहेको छ ।

यतिमात्र होइन रेल सञ्जालका तारहरु मुसाले काटिदिएर रेलवे सेवा नै प्रभावित हुने र रेलको लिकमुनि मुसाले भ्वाङ पार्दा लिक नै धसिने गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् । मुसाहरु मार्नका लागि भारतीय रेलवेले ठेकेदार नियुक्त गर्दछ । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर