Aamsanchar

ओंठको कालोपन हटाउन यसो गर्नुहोस्

Author Image
सोमवार, पौष ७, २०७६

ओठको कालोपन लुकाउन महिलाले लिपिस्टिक वा लिपवाम अथवा मोस्चराइजर र अन्य सौन्दर्यका सामाग्री प्रयोग गर्ने गर्छन । तर, यस्ता समाग्रीले ओठको कालोपन हट्नुको साटो झन् बढेर जान्छ ।

मह : महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ।यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् या महमा थोरै स्वाग मिसाएर ओठमा लगाउनुहोस्। दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ।

अण्डा : अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ। यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ। जैतूनको तेल – यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउनुहोस्, ओठ चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ ।

दूधको तर : ओठको सुख्खापन हटाउँन थोरै तर ९मलाई०मा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्नुहोस्। यसले केही दिनमै ओठ मुलायम र गुलाबी भएको पाउनुहुनेछ। गुलाबको पत्ता : ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ। यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस्।

कागती : कागतीले पनि ओठको कालोपन हटाउँछ। यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनुहोस्। केसर – काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउनुहोस्। यसबाट ओठको कालोपन हटी आकर्षक बन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)