Aamsanchar

मेचीनगर महोत्सव सुरुहुन अगावै स्टल अभाव

Author Image
सोमवार, पौष ७, २०७६

चारपाने पुष ८ । नेपालको पूर्वीनाका झापाको धुलावारीमा पुष ९ गतेदेखि शुरु हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय औधोगिक ब्यापार कृषि तथा पर्यटन महोत्सबमा स्टल अभाव भएको छ । पर्यटन बर्ष सुरुवातीमा आयोजना गर्न लागिएको महोत्वमा तयार पारिएको स्टल भन्दा धेरै उद्योगी व्यवसायीले स्टल माग गरेपछि अभाव भएको बताईएको छ । मेची उधोग बाणिज्य संघको आयोजनामा हुनलागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष ऋषीराज तिम्सिनाले जानकारी गराएका  छन ।

उनका अनुसार २०० वटा स्टल बुक भैसकेको र बाँकी ८ वटा स्टल थप गर्ने तयारी भैरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रयाउन पनि बिशेष कार्यक्रम तय गरिएको तिम्सिनाले जानकारी दिए । भ्रमण बर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा पूर्वी नेपाल लगायत भारतका दार्जिलिङ, आसाम तथा पश्चिम वंगाल र भुटानबाट पनि पर्यटकहरु महोत्सवमा सहभागी हुने जनाइएको छ । पर्यटकको लागि आकर्षण गर्न हेलिकप्टरबाट झापा भ्रमण गराइने र इच्छुक पर्यटकहरुलाई ताप्लेजुङ्ग स्थित पाथीभरा देवीको दर्शन गर्ने ब्यवस्था मिलाइएको छ ।

मेचीनगरपालिकाको संरक्षकत्व र नेपाल उधोग वाणिज्य महासंघको सहकार्य समेत रहेको महोत्सवको लागि मुख्य प्रायोजक रमपम तयारी चाउचाउ रहेको छ भने सह प्रायोजकमा आइएमइ बैंक र एघार वटा संस्था सहयोगी रहेका छन् । महोत्सव अवधिभर पर्यटकलाई मनोरन्जन दिन राष्ट्रिय स्तरका कलालारहरु याम बराल, प्रमोद खरेल, इन्दिरा जोशी, एन्जीला रेग्मी, सुगम पोख्रेल लगायत दर्जन बढी कलाकार र स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

१ लाख ५० हजार पर्यटक भित्रयाउने लक्ष्यका साथ आयोजना गरिएको सो महोत्सवमा आर्थिक सम्बृद्धिको मुख्य हबको रुपमा बिकास गर्न यो महोत्सवले टेवा पुर्याउने बताइएको छ । महोत्सव भरी आर्थिक सम्बृद्धिलाई महत्व दिदै फरक फरक समयमा विज्ञहरुको उपस्थितीमा सेमीनार तथा छलफल जस्ता कार्यक्रम आयोजना समेत गरिने छ । सम्मेलनमा मेची नगर नगरपालिका प्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती पोखरेल, मेची उध्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय डालमिया, केशवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर