Aamsanchar

एक व्यक्तिलाई रुखमाथि हानी पुर्‍याएको आरोपमा ८८ लाख रुपैयाँ जरिवाना

Author Image
बुधवार, पौष ९, २०७६


लण्डनको एस्सेक्समा बस्ने एक व्यक्तिलाई रुखमाथि हानी पुर्‍याएको आरोपमा ६० हजार पाउन्ड अर्थात् ८८ लाख रुपैयाँ जरिवाना तोकिएको छ । वास्तवमा स्टिफन लरेन्सले सुरुमा रुख हटाउनका लागि स्थानीय प्रशासनलाई दुईवटा निवेदन लेखेका थिए, जुन खारेज भएका थिए । त्यसपछि लरेन्सले रुखको बोक्रा ताछे र त्यसमा दुईवटा प्वाल पारिदिए । यसो गरेर उनले रुख चाँडै नै सुक्ने र त्यो हटाउन सजिलो हुने अनुमान गरेका थिए ।

यसबारे उजुरी पाएपछि काउन्सिलले लरेन्सले रुखलाई अत्यधिक क्षती पर्याएको स्विकार गर्यो । अधिकारीले लरेन्सको गल्तीका कारण उनलाई डिसेम्बर १२ मा स्थानीय अदालतमा पेश गरे । जहाँ उनले रुखलाई जानीजानी क्षती पुर्याएको कुरा स्विकारे । त्यसपछि अदालतले पहिलो आदेशमा लरेन्समाथि करिब ९० हजार पाउन्ड जरिवाना तोक्यो । यद्यपि, पछि लरेन्सद्वारा याचिका दायर गरेपछि जरिवानाको रकमलाई ६० हजार पाउन्ड गरिदियो ।

सस्टेनेबल कम्युनिटीज क्याबिनेटका सदस्य एवं काउन्सिलर माइक मेक्रोरीका अनुसार जरिवाना रकम रुखको उमेर र त्यसको मूल्यलाई ध्यानमा राखेर तोकिएको थियो । उनले भने, ‘रुख निकै पुरानो हो । स्थानीय बालबालिका सधैं यो रुख मुनि खेल्छन् । यसले कार्बनलाई सोस्छ र त्यहाँको पर्यावरणका लागि यसको उपयोगिता अझै पनि धैरै छ ।’

काउन्सिलका अधिकारीले भने, ‘लरेन्सको सेकेन्ड ग्रेडको सम्पत्तिभन्दा उक्त रुखको उपयोगिता धेरै छ । सन् १९०८ मा घर बनेको करिब २० वर्षपछि उक्त रुखको बिरुवा रोपिएको थियो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर