Aamsanchar

भ्रमण बर्ष उदघाटनमा चालिस देशका सञ्चारकर्मी आउने, जम्मा खर्च दुई करोड

Author Image
बिहिवार, पौष १०, २०७६

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा ४० भन्दाबढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता रहनेछ । भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकबाट प्रतिष्ठित सञ्चारमाध्यमको प्रतिनिधित्व रहनेछ । विदेशी पत्रकारलाई देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा तीनदेखि पाँच दिनसम्मको भ्रमणको व्यवस्था मिलाइएको व्यवस्थापनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

भ्रमण वर्षको भव्य उद्घाटन गरी नेपाल पर्यटकीय हिसाबले सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वमा प्रवाह गरिने भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताउनुभयो । उद्घाटन कार्यक्रम हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० पछि नेपालमा आयोजना हुने अर्को ठूलो अन्तरराष्ट्रियस्तरको कार्यक्रम हुने उहाँको भनाइ थियो । त्यसका लागि सचिवालयले सम्पूर्ण तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । स्वदेश तथा विदेशी राजदूतावासमा हुने उद्घाटन कार्यक्रमको अन्तिम तयारी सकिएको संयोजक वैद्यको भनाइ थियो ।

उद्घाटनमा दुई करोड खर्च
भ्रमण वर्ष उद्घाटनका लागि जम्मा रु दुई करोड खर्च हुने संयोजक वैद्यले बताउनुभयो । उद्घाटन समारोह हुने स्थल दशरथ रङ्गशाला सरकारले निःशुल्क उपलब्ध गराउने भएकाले उद्घाटन खर्च घट्नेछ । रङ्गशाला भाडामा लिनुपर्दा दैनिक रु १५ लाख पर्नेछ । दुई तीन दिनअघि नै तयारी गर्नुपर्ने जनाइएको छ । स्वीकृत बजेट बाहेक आवश्यक खर्चको कुनै समस्या नहुने सचिवालयले जनाएको छ । सरकारले हालै भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख बजेट स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर