Aamsanchar

बाटो फराकिलो बनाउन विर्ताबजारको दुर्गा मन्दिर हटाइदैं

Author Image
बुधवार, माघ ८, २०७६

बिर्तामोड । मन्दिर सडक क्षेत्रबाट टाढै हुनु पर्छ ताकी पुजा गर्न गएको भक्त मन्दिर अगाडीनै दुर्घटनामा पर्नु नपरोस, दुर्घटना भएको खण्डमा आम मानिसमा भगवान प्रतिको आस्था, विस्वास घटेर जान्छ । अनैको व्यख्या विश्लेषण हुनेगर्छ, सोही कुरालाई लिएर जातिय सदभाव बिग्रन  सक्ने सम्भावना पनि धेरै हुन्छ ।

प्रसंग हो निर्माणाधिन बिर्तामोड–भद्रपुर सडक खण्ड बीचमा रहेको बिर्ताबजारस्थित दुर्गा मन्दिर अझैँ नहटाईनु । सडकको डीपीआर अनुसार निर्माण गर्दा मन्दिर हटाउनु पर्ने देखिन्छ । सडक निर्माणको क्रममा मापदण्डले भेट्टाएको घरहरु यसअघि भत्काइसकेको छ । तर, निर्माणाधिन सडकको बिच भागमै पर्ने मन्दिर हालसम्म पनि हटाउन सम्बन्धित पक्षले पहल गरेको पाइएको छैन ।

सडक निर्माणको क्रममा मन्दिर हटाउनु पर्ने देखिए पनि हालसम्म नहटाउँदा सबैले चासो व्यक्त गरेका छन । तीन दशक पुरानो मन्दिर सडकको बीच भागमा अवसीथत छ । बिर्तामोड नगरपालिकाका नगर प्रवक्ता अग्नि प्रसाद पाण्डेका अनुसार मन्दिरले गर्दा सडक निर्माणमा अवरोध भएकाले हटाइने बताएका छन ।
मन्दिरलाई हटाएर कहाँ राख्ने भन्ने विषय टुंङ्गो नभएको उनले जानकारी दिए । सडक निर्माण गरिरहेको कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले सडकको कामले गति लिएको बताएका छन । सडक निर्माण गर्दा सडक आसपासमा रहेको टेलिफोन, विद्युत, खानेपानी र इन्टरनेटका तारले समस्या भएको उनको भनाई छ । गिरीले भने–केही दिन पछि डे«न निर्माणको काम पनि सुरु गरिने छ । मन्दिरले दुर्घटना निम्त्यिाउने भएकाले हटाउनुको विकल्प नरहेको बताए । सडक निर्माणको कार्य असार मसान्तसम्म सम्पन्न गरिने योजना रहेको गिरीको भनाई छ ।

बिर्तामोड–४ निवासी नन्दलाल राजवंशीले मन्दिर रहेको भागबाट एकतर्फी सडक कायम गरेर जानुपर्ने सुझाव दिएका छन । उनले भने, हाम्रो कुरा सरकारले सुन्दैन, नगरपालिकाको निर्णय हेर्न बाँकी छ । यता बिर्तामोड–३ निवासी बाङठु राजवंशीले परापूर्व कालदेखि बाबु बाजेले स्थापना गरेको मन्दिर सोही ठाउँमा रहनुपर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर